- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कार्यकाल सकिन एक महिना बाँकी रहँदा व्यवस्थापिका संसद्ले महत्त्वपूर्ण विधेयकमाथिको कारबाहीलाई तीव्रता दिएको छ ।
मंगलबार दुईपटक बसेको संसद् बैठकमा १४ विधेयक प्रस्तुत भए, तीमध्ये सातवटा पारित भएका छन् ।
त्यस्तै तीन विधेयकमाथि छलफल, दुई फिर्ता र दुईवटा विधेयक पेस भएका छन् ।
संविधान कार्यान्वयनसँग जोडिएको राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकमामथि संसदमा छलफल भएको छ ।
संविधान कार्यान्वयनसँग जोडिएको स्थानीय सरकार सञ्चालन विधेयक संसदबाट पारित भएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो ऐन कार्यान्वयनमा आउनेछ । (नयाँ पत्रिका दैनिक)