arrow

महोत्तरीमा राजपा, माओवादी र फोरमलाई सफलता, गोलाप्रथामा वडा सदस्य

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
mahottari.png

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । 

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झाले २८६ मत ल्याएर विजयी भएका हुन् । 

त्यस्तै, उनका निकटतम प्रतिद्वन्दी राजपाका राकेशकुमार साहले २१६ मत ल्याए । 

यसैगरी, सो वडाको एक वडा सदस्य, दलित महिला सदस्य पनि नेपाल लोकतान्त्रिक फोरमले नै जितेको छ भने एक सदस्य राजपाले जितेको छ । 

दुईजना वडा सदस्य पदका उम्मेदवारको मत बराबर भएकोमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । 

महोत्तरीमा राजपाले खाता खोल्यो 

यसैबीच, महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले वडाध्यक्षमा विजय प्राप्त गर्दै खाता खोलेको छ । 

महोत्तरी गाउँपालिका–१ मा राजपाका जीतेन्द्र यादव ६४० मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।  

मतदान अधिकृत रामानन्दप्रसाद अधिकारीका अनुसार उनले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनन्दन यादवलाई ५०५ मतान्तरले हराउँदै वडाध्यक्ष पदमा विजयी भएका छन् ।  

उनका निकटतम प्रतिद्वन्द्वी रामनन्दन यादवले १३५ मत मात्रै प्राप्त गरेका छन् । 

महोत्तरी गाउँपालिकाको अध्यक्षमा ७९९ मत ल्याएर राजपाका सुनिल राय मतगणनामा अगाडि रहेका छन् ।  

भंगहा— १ मा माओवादी केन्द्रको प्यानलै विजयी 

यसैगरी, महोत्तरी जिल्लाकै भंगहा नगरपालिका वडा नम्बर १ मा नेकपा ९माओवादी केन्द्र०को प्यानलै विजयी भएको छ । 

निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार भंगहा नगरपालिका–१ को वडाध्यक्षमा नवलकिशोर कापर ७८८ मत ल्याएर विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी राजपाका राजेश साह कलवारले ४६२ मत ल्याएका छन् ।  

भंगहा–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ भने सो नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार ११७० मत ल्याएर अग्रस्थानमा रहेको निर्वाचन अधिकृत कार्कीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ