arrow

वीरगञ्जमा काँग्रेसको स्पिड बढ्यो, मतगणना सुस्त गतिमा

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
birjung_mahanagarpalika.png

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा नेपाली काँग्रेसले अग्रता स्पिडलाई बढाएको छ । २ हजारभन्दा बढी मत गणना गर्दा कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदी ८३५ मतका साथ अग्रस्थानमा छन् । 

दोस्रो स्थानका राजपाका राजेशमान सिंहको ७१०  मत छ ।

संघीय समाजवादी फोरमका विजय सरावगी ३६२ मतका साथ तेस्रो स्थानमा छन् ।

माओवादी केन्द्रका रहबर अन्सारी २७७ मत ल्याएर चौथो स्थानमा छन् ।

प्रमुख निर्वाचन अधिकृतले ठाउँ थपेर मतगणना गर्ने तयारी भइरहेको बताएका छन् । 

तर सुस्त गतिमा मतगणना भइरहँदा दशैंको टीका पनि मतगणना स्थलमै लगाउनु पर्ने निश्चित जस्तै भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ