arrow

सिसीटिभीको निगरानीमा सामुदायिक विद्यालयमा पढाइ 

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
cctv.png

जाजरकोट । यहाँको एक सामुदायिक विद्यालयमा सिसीटिभीको निगरानीमा पढाइ शुरु भएको छ । 

जिल्लाकोे भेरी नगरपालिका–१ मा रहेको शिव माध्यमिक विद्यालयमा सिसीटिभी क्यामराको निगरानीमा पढाइ शुरु भएको हो । 

विद्यालयमा शिक्षकले पूरा समय दिएर पढाउन् र विद्यार्थी पनि अनुशासित भई पढुन् भनेर यस्तो व्यवस्था गरिएको प्रधानाध्यापक तिलक खत्रीले बताए । 

सदरमुकाम खलंगा नजिकै कालेगाउँमा रहेको यो विद्यालयलाई विगतमा शिक्षण उपलब्धि सन्तोषजनक नभएको आरोप लगिरहन्थ्यो । विगत एक वर्षको अथक मेहनतपछि अहिले सिसी क्यामराको निगरानीमा पढाइ हुँदा स्थानीय दंग छन् । 

विद्यालयमा विद्यार्थीको निकै ठूलो भिड छ । विद्यालयले कृषि जेटिए र भेटनरी जेटिए कक्षासमेत विद्यालयले सञ्चालन गरेको छ । 

यहाँ विज्ञान प्रयोगशाला, शुद्ध खानेपानीको व्यवस्था हुनका साथै तरकारीको बीउ पनि उत्पादन हुने गर्दछ । विद्यालयमा हुने विभिन्न गतिविधि हेरेर स्थानीयले आफ्नो तरकारी, अन्य बाली लगाउँदा सल्लाह लिने गरेका छन् । 

विद्यालयको चारैतिर घेराबार लगाइएको छ । बिहानैदेखि सञ्चालन हुने विद्यालय बेलुका ४ बजेसम्म सुचारु हुन्छ । विद्यालयमा इन्टरनेट र सबै विद्यार्थीका अगाडि कम्प्युटरको सहायताले शिक्षण हुने गरेको छ । यो विद्यालयमा जाजरकोट, रुकुम, सल्यान र डोल्पासम्मका विद्यार्थी पढ्ने गरेका छन् । 

विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी नभए पनि निजीस्तरबाट राखिएका शिक्षकको भरमा यो विद्यालय अब्बल बन्दै गएको छ । विद्यालयभित्र गएपछि विद्यालयका बारेमा सबै विवरण स्पष्ट देखिने गरी राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ