arrow

वीरगञ्जमा राजपा २ सय भोटले अगाडि, एमाले चौथो 

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
birjung_mahanagarpalika.png

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् सोमबार भएको निर्वाचनमा दुई नं प्रदेशको एकमात्र महानगर बीरगञ्जको पछिल्लो ताजा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । बुधबार दिउँसो साढे २ बजेसम्म कूल ६ हजार मत गन्दा राजपा २ सय २ मतका साथ अगाडि छ । 

राजपाका उम्मेदवारले कूल १४ सय २ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले जम्मा १२ सय मत ल्याएका छन् । सुरु देखि नै कहिले राजपा त कहिले काँग्रेसले अग्रता हाँीसल गरेको महानगरपालिकामा काँग्रेसलाई राजपाले फेरि पल्टाएको हो । 

तेस्रो हुने संघीय समाजवादी फोरमका उम्मेदवारको ६ सय ६६ मत आएको छ । एमाले चौथो स्थानमा रहेको छ । उसको जम्मा ५ सय ७ मत आएको छ । त्यस्तै, उपप्रमुख तर्फ पनि राजपाका उम्मेदवार नै अघि देखिएका छन् । राजपाका उम्मेदवारको १३६६ मत आउँदा काँग्रेसका उम्मेदवारको जम्मा १२८८ मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ