arrow

वीरगञ्जमा काँग्रेसले राजपासँग मतअन्तर घटायो, वडामा काँग्रेसकै अग्रता (विवरणसहित)

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
birgunj-metro.png

पर्सा । दुई नम्बर प्रदेशको एक मात्र महागर वीरगञ्जमा राष्ट्रिय जनतापार्टी राजपाले अग्रता कायमै राखेको छ । राजपालाई पछ्याइरहेको काँग्रेसले मतअन्तर घटाएको छ । राजपाले ४ सयले अग्रता लिएकामा त्यो अन्तर काँग्रेसले २ सयमा झारेको छ ।

वीरगञ्जमा सुरुवाती मतपरिणाम अपेक्षा भन्दा फरक आएको छ । मतदान हुँदा काँग्रेस र संघीय समाजवादी फोरमबीच तिब्र प्रतिस्पर्धा हुने भनिएकामा सुरुवाती परिणाममा काँग्रेस र राजपाबीच प्रतिस्पर्धा देखिएको छ ।

वीरगञ्जका ६ वटा वडाको मतगणना भइरहँदा अहिलेसम्म ३ वडामा नेपाली काँग्रेस, २ वडामा राजपा र १ वडामा एमालेले अग्रता लिएको छ। १, २ र ३१ मा काँग्रेसले अग्रता लिएको छ भने ३ र ३२ नम्बर वडामा राजपाले अग्रता लिएको छ।  ३० नम्बर वडामा एमाले अग्रता मा छ।

पछिल्लो मतपरिणाम
राजपा

मेयर (राजेशमान सिंह): १४०२
उपमेयर (रम्भा मिश्र): १३६६

कांग्रेस
मेयर (अजयकुमार द्विवेदी): १२००
उपमेयर (शान्ति कार्की): १२८२

संघीय समाजवादी फोरम
मेयर (विजयी सरावगी): ६६६
उपमेयर (पिंकी यादव): ६५८

एमाले
मेयर (बसुरुद्दिन अन्सारी): ५०७
उपमेयर (सोफिया आचार्य): ५८४

माओवादी केन्द्र
मेयर (रहबर अन्सारी): ४४५
उपमेयर (दुर्गा क्षेत्री): ३५४

नेपाल लोकतान्त्रिक फाेरम
मेयर (विमल श्रीवास्तव): ३२५
उपमेयर (रिंकू यादव): ३५५



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ