arrow

८८ किलो सुन आयातसँग जोडिएका ५ जना सुन व्यापारी पक्राउ

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
88kg-gold.JPG

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट समातिएको ८८ किलो सुन आयातसँग जोडिएका ५ व्यापारी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार छानविनका क्रममा प्रहरीले ५ जना व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ परेका पाँचैजना सुन व्यापारी भएको उनले बताएका छन् ।

आयात गरिएको सुन उनीहरुमार्फत खपत हुने देखिएको पाइएपछि पक्राउ गरिएको एसएसवी लोहनीको भनाई छ । कार्य विनायक सुनचाँदी गहना पसल, रञ्जना ट्रेड सेन्टरका गणेश दत्त बडु,  रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल,  शाक्य सुनचाँदी पसल बाङ्गेमुडाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी खार्नी ओटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी खार्नी पसल, ओटुका नन्द कुमार मर्गले पक्राउ परेका छन् ।

एसएसपी लोहनीले भनेका छन्, ‘यो आयात भएको सुन पक्राउ परेकैहरुकहाँ खपत हुने देखियो । यी बाहेक अरु पनि हुन सक्छन् । हामी अनुसन्धानकै क्रममा छौं । हामीले अर्को लियर पनि पत्ता लगाएका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ