arrow

२४ घण्टा वितेपनि बारागढी गाउँपालिकामा मतगणना सुरु भएन

६ नम्बर वडामा पुनः निर्वाचन गर्न माग

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
bara_district_map.png

बारा । २४ घण्टा वितेपनि बारागढी गाउँपालिकाको मतगणना अझै सुरु सकेको छैन । मुचुल्काविना केही दलका प्रतिनिधिको रोहवरमा मतपेटिका खोलेको भन्दै काँग्रेस, एमाले र माओवादी केन्द्रले मतगणना रोक्न लगाएका हुन् ।

उनीहरुले ६ नम्बर वडामा पुनः निर्वाचन गराउन माग गरेका छन् । विवाद निरुपण गर्न भन्दै प्रमुख जिल्ला अधिकारीले पठाएको टोली समेत फर्किएको छ ।

निर्वाचन अधिकृत रमेश घिमिरेले अब आयोगलाई चिठ्ठी पठाउने तयारी गरेको बताएका छन् । असन्तुष्टहरुले पुनः निर्वाचनको माग गर्दै नारावाजी जारी राखेका छन् । बारा सहकर्मी गणेश रिजालका अनुसार संघीय समाजवादीका उम्मेदवार अशोक

जैशवालले अन्य दलका प्रतिनिधि नभएका बेला सिल तोड्न लगाएपछि विवाद निम्तिएको हो । प्रमुख जिल्ला अधिकारी वीजयनारायण मनान्धरले मतगणना सुरु गर्न जिल्लाका सबै पार्टी नेताहरुसँग छलफल गरेपनि कुनै पार लागेन ।

मतपत्रहरु कोठामा त्यतिकै यत्र तत्र छरिएको अवस्थामा रहेको निर्वाचन अधिकृत घिमिरेले बताएका छन् । राति पानी परेकाले मतपत्र के भयो भन्ने पनि हेर्न नपाएको उनको भनाई छ । मतगणना स्थल सुरक्षाकर्मीको कडा घेरामा छ ।

मुख्य दलका नेताले मुचुल्का विनै केही दलका प्रतिनिधि मात्रै राखेर मतपेटिका खोलेकाले मान्य नहुने बताइरहेका छन् । यद्यपि, निर्वाचन अधिकृत घिमिरेले मतपेटिका खोल्नु अघि सबैको मुचुल्का र सही छाप गराएर खोलिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ