arrow

मुडभरीले पाए सफाई

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
deepak_mudbari.jpg

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल कर्मचारी युनियनका सचिव एवं नेपाली काङ्गेस निकट नेपाल स्वास्थ्य कर्मी संघका महासचिव अ हे ब अधिकृत छैटौ तहका कर्मचारी दीपक मुडभरीले सफाइ पाएका छन् ।

 सोमवार उच्च अदालत पाटनका न्यायधिश प्रेम राज कार्की र शेखर पौडेलको सयुक्त डइजालसले मुडभरीलाई सफाई दिएको हो । २०७१ माघ २६ गते डा मनोज कुमार शाहले राजेश कहर, रवि पौडेल र दिपक मुडभरीले वीर अस्पतालको एमडी भर्ना गर्न किर्ते कागज देखाएर ६० लाख ठगि गरेको भनी तत्कालीन हनुमान ढोका प्रहरीमा उजुरी दिएका थिए ।

तत्कालीन प्रहरी प्रमुख पुस्कर कार्कीले मुडभरि लगाएतलाई पक्राउ गरी काठमाडौँ अदालतमा मुद्दा दर्ता गरेको थिए । काठमाडौं जिल्ला अदालतले किर्तेमा सफाइ दिएको र ठगिमा जरिवाना गरेकोमा दिपक मुडभरी उक्त निर्णय चित्त नबुझि उच्च अदालत गएका थिए ।

' अदालतले किर्ते गरिएको भनिएको प्रमाण डा मनोजले आफ्नै इमेलबाट निकालेर अदालतमा पेश गरेकोले उक्त सरकारी छाप दस्तखत किर्ते काठमाडौँ जिल्ला अदालतले पहिला नै २०७२ जेठ ३२ मा सफाइ दिइ सकेको र ठगिमा दिपक मुडभरीको कुनै सङ्लगता नरहेकोले मुडभरीलाई सफाइ दिइएको छ ' उक्त फैसलामा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ