arrow

लहानमा प्रहरी नायव उपरीक्षक विरुद्ध नाराबाजी

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
lahan_municipality_map.png

सिरहा । रोकिएको मतगणना र विजयी भएका उम्मेदवारहरुको घोषणामा भएको ढिलाइका कारण निर्वाचन अधिकृतसँग छलफल गर्न आएका नेपाली काङ्ग्रेस लहानका नगर सभापति सुनिल महतोलाई लहानका प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले दुव्र्यवहार गरेपछि लहानको मतगणना केन्द्रमा पाण्डेविरुद्ध नाराबाजी भएको छ ।

विजयी भएका लहान नगरपालिका १, २, ५, ६ र ८ का उम्मेदवारहरुको नाम सार्वजनिकीमा भएको ढिलाई तथा अन्य वडाहरुको मतगणना कार्य शीघ्र गर्नुपर्ने बारेमा नगर सभापति महतो निर्वाचन अधिकृतसँग बेलुकी ४ बजे मतगणना स्थलस्थित निर्वाचन कार्यालयमा आएका थिए तर महतोलाई निर्वाचन अधिकृत प्रेमप्रसाद लुईंटेललाई भेट्न नदिइकनै प्रनाउ पाण्डेले धकेल्दै बाहिर निकालेका थिए ।

काङ्ग्रेस नगर सभापतिमाथि भएको उक्त दुर्व्यवहार त्यहाँ उपस्थित सङ्घीय समाजवादी फोरमका नगर प्रमुखका उम्मेदवार बैधनाथ साहले पनि सहन सकेनन्  । लगत्तै नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम, राप्रपा लगायतका दलहरुले प्रनाउविरुद्ध कारबाहीको माग गर्दै मतगणना बहिष्कार गरेका छन् ।

पार्टीका आधिकारिक प्रतिनिधिमाथि भएको त्यस्तो दुव्र्यवहार सहन सकेनौ, फोरमका नगर प्रमुखका उम्मेदवार साहले भने, पार्टी प्रतिनिधिमाथि त यस्तो दुर्व्यवहार हुन्छ सर्वसाधारण जनतामाथि झन कस्तो व्यवहार होला ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ