arrow

२ नम्बर प्रदेशमा माओवादीले खाता खोल्यो, प्रचण्डको निर्वाचन क्षेत्रबाटै विजयी सुरुवात

कर्जन्हाको मेयर र उपमेयर दुबै जित्यो

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
siraha1.png

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेउर र उपमेयर दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भए ।

मेयरमा गंगा पासवान र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन् । २ नम्बर प्रदेशमा माओवादीको यो पहिलो जित हो । माओवादीले दुई नम्बर प्रदेशमा विजयी सुरुवात गरेको छ ।

कर्जन्हा, पछिल्लो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएको साविकको सिरहा क्षेत्र नम्बर ५ मा पर्दछ ।

ताओवादीले जीत हासिल गरेपनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ