arrow

निर्वाचन आयोगले भन्यो ‘दशैंमा चियापान र भोजभतेर नगर्नु’  

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागू भईसककोले दशैंमा भोजभतेर र चियापान कार्यक्रम समेत नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । आयोगले बुधबार एक विज्ञप्ती जारी गरी यस्तो आग्रह गरेको हो । 

आयोगको बुधबारको निर्णयानुसार विजया दशमी, दीपावली तथा छठजस्ता हिन्दुहरूका महान् चाडहरू निकट आइरहेको सन्दर्भमा राजनीतिक दलहरु तथा दलसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूले सार्वजनिकरूपमा सार्वजनिकस्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गराउन सक्ने भएकाले त्यस प्रकारका चियापान समारोह तथा  भोजभतेर आयोजना नगर्न सम्बद्ध सबैलाई आग्रह गरेको जनाईएको छ ।

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘‘मिति २०७४ साल मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सिलसिलामा मिति २०७४ भाद्र १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भई रहेको कुरा सर्वविदित नै छ । विजया दशमी, दिपावली तथा छठ जस्ता हिन्दुहरूका महान चाडहरू हाम्रो घर आँगनमा प्रवेश गरिरहेको अवस्थामा ती चाडहरूको उपलक्ष्यमा राजनीतिक दल तथा राजनीतिक दल सम्बन्धित विभिन्न संघ तथा संस्थाहरूले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोज भतेरले निकट भविष्यमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्न सक्ने हुँदा सार्वजनिक रूपमा सार्वजनिक स्थानमा यस प्रकारका चियापान समारोह तथा भोज भतेर आयोजना नगरी निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ