arrow

काठमाडौंका काँग्रेसी वडाध्यक्षले मोवाइल लिएनन, बरु बाटोको खाल्डो पुर्न सुझाव 

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
mahanagar123.jpg

काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका विभिन्न वडामा विजयी भएका काँग्रेसी वडाध्यक्षहरुले आफूहरुले महानगरले दिएको मोवाईल नसलएको बताएका छन् । महानगरपालिकाले बोर्ड बैठक नै गरेर गरेको यस्तो निर्णयको व्यापक विरोध पनि भईरहेको थियो । 

उनीहरुले काठमाडौंका जनताहरु खाल्डाखुल्डी बाटोमा यात्रा गर्न बाध्य भईरहेको बेलामा जनप्रतिनिधिलाई मोवाईल बाँड्ने निर्णय आफैंमा जायज नरहेकोले सामूहिक छलफल गरी मोबाईल नलिने निर्णय गरिएको बताएका छन् । काठमाडौं महानगरपालिकामा १४ वडा काँग्रेसले जितेको छ ।

महानगरपालिकाका १६ नं वडाका वडाध्यक्ष मुकुन्द रिजालले आफूहरुलाई मोवाइल लिन आग्रह गरिएको भएपनि आफूहरुलाई मोवाइल दिने पैसाले काठमाडौंको बाटो खन्न सुझाव दिईएको बताए । उनले जनप्रतिनिधिहरुले जनताले तिरेको करले जनतालाई असुविधा दिएर आफू सुविधाको भोगी बन्न जायज नलागेर आफूहरुले यस्तो निर्णय गरेको बताएका छन् । 

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पत्रकारहरुसँगको भेटघाटको क्रममा मोवाइल बाँड्ने निर्णय आफूले फिर्ता लिईसकेको बताएपनि वडाध्यक्षहरुले सार्वजनिक रुपमा नै मोवाईल नलिने निर्णय गरेपछि शाक्यले भनेको कुरा पनि मिथ्या रहेको पुष्टि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ