arrow

सिराहाको विष्णुपुर गाउँपालिकामा सूर्यमाथि मसाल हावी, फोरमका यादव विजयी

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
sanghiya-samajbadi-forum-nepal.jpg

सिराहा । सिराहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । बुधबार साँझ सम्पन्न भएको मतपरिणाममा फोरमका उम्मेदवार जागेश्वर यादव १९४० मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका सत्य नारायण यादवको १२ सय ८० मत आएको छ । तेस्रोमा भने माओवादीका  सतदेव यादवको १२सय ५४ मत आएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 

त्यस्तै, उपप्रमुखमा फोरमकी अरहुलादेवी सिंहको २ हजार ७ मत आउँदा उनकी निकटतम प्रतिस्पर्धी माओवादी ललितादेवी यादवको १२ सय २० मत आएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ