arrow

राती ११ बजेसम्मको अपडेट : ३ स्थानीय तहको मतपरिणाम आउँदा कहाँ को विजयी भए ? 

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
winner.jpg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा बुधबार रातीसम्म राजविराज बाहेकका सबै स्थानीय तहको मतगणना जारी रहेको छ । मतगणनाको क्रममा प्रारम्भिक मत परिणाम पनि आउनेक्रम जारी रहेको छ भन कतिपय स्थानीय तहमा पूर्ण नतिजा पनि आईसकेको छ । 

हाम्राकुरा डटकमको निर्वाचन विशेष डाटा सिस्टमका अनुसार अहिलेसम्म कूल ३ वटा स्थानीय तहको पूर्ण मत परिणाम आईसकेको छ । जसमा राजपा, माओवादी र संघीय समाजवादी फोरमले विजय सुरुवात गरेका छन् । बुधबार राती ११ बजेसम्मको तथ्यांक अनुसार धनुषाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका नेता राम ज्ञान मण्डलले ३ हजार ३ सय २० मतका साथ नगरप्रमुखमा विजयी भएका छन् । 

त्यस्तै, सिराहाको बिष्णुपुर गाउँपालिकाको अध्यक्षमा जागेश्वर यादव १९ सय ४० मतका साथ विजयी भएका छन् । उनी संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका हुन् । त्यस्तै, सिराहाको कर्जन्हा नगरपालिकाको प्रमुखमा गंगा पासवान ४ हजार ३ सय ९ मतका साथ विजयी भएका छन् । उनी माओवादी केन्द्रका उम्मेदवार हुन् । 

त्यस्तै, उपमेयरमा पनि तीनवटै स्थानीय तहको प्रमुखमा विजयी भएको पार्टीले नै बाजी मारेको छ । हंसपुरमा राजपाकी रेणु देवी झा  विजयी हुँदा बिष्णुपुर गाउँपालिकामा फोरमका अरहुल देवी सिंह विजयी भईन् । कर्जन्हा नगरपालिकामा भने माओवादीकी ज्ञानकुमारी श्रेष्ठ विजयी भएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ