arrow

आजबाट दशैं : घटस्थापना गर्न के के चाहिन्छ सामग्री, कुन् मन्त्रले पूजा गर्ने ? 

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
ghatasthapana.jpg

काठमाडौं । माता भगवतीको आराधनाको पर्वहो नवरात्रि । यही पर्व बिहीबार राती १२ बजेदेखि नै सुरु भएको छ । हिन्दूहरुको महान् पर्वको रुपमा रहेको वडा दशैंमा माता भगवतीको भक्ति गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । 

नवरात्रि आश्विन शुक्ल प्रतिपदाको दिनदेखि लिएर नवमीको दिनसम्म चल्ने गर्दछ । जुन नौ दिन हिन्दू धर्मालम्वीहरु नौशक्तिले मिलेका देवीहरुको जप, पूजा तथा उपवास गर्ने गरिन्छ । देवी पुराणका अनुसार एक वर्षमा चार महिना नवरात्र मान्नु पर्ने हो । तर प्रायः हिन्दू धर्मालम्बीहरुले आश्विन र चैत्र महिनामा मात्रै नवरात्र मनाउने गरेका छन् । 

पुराणका अनुसार वर्षको तेस्रो महिनामा अर्थात् आषाढ महिनामा पहिलो नवरात्र मनाईन्छ , आश्विनमा दोस्रो नवरात्र मनाईन्छ भने माघमा तेस्रो र चैतमा चौथो नवरात्र मनाउने गरिन्छ । नवरात्र मनाउने विधिविधान देवी भागवत एवं अन्य धार्मिक ग्रन्थमा समेत देखिन्छ । 

यी चार नवरात्र मध्येको प्रमुख नवरात्र हो आश्विनको नवरात्र । नवरात्रमा कुनैपनि भक्त देवी दूर्गाको पूजा आराधना गर्दछ भने उसको जीवन दूर्गाको आशीर्वादले पूर्ण हुन्छ भन्ने धार्मिक विश्वासलाई टेकेर पूजा आराधना गर्दछन् । धर्म ग्रन्थका अनुसार नवरात्रिमा भगवान शंकरले समेत देवी दूर्गाको पूजा आराधना गर्नेगरेको बताईन्छ । 


घटस्थापनाकालागि के के चाहिन्छ सामग्री ? 

घटस्थापनाको लागि निम्न सामग्रीहरु चाहिन्छ :
जौको वियाँ राख्नको लागि माटोको भाँडो जसलाई वेदी भनिन्छ । ढुंगा नभएको एकदमै शुद्ध माटो, उक्त वेदीमा छर्नको लागि जौ वा गहुँको वियाँ, घटस्थापनाको लागि माटोको कलश ९कलस सुन चाँदि वा तामाको पनि हुनसक्छ०, कलशमा भर्नको लागि शुद्ध जल, गंगाजल, पूजामा प्रयोग गर्न सकिने सुपारी,  कलशमा राख्नको लागि केहीको सिक्का, पञ्चरत्न ९क्षमता अनुसार स् हीरा, नीलम, पन्ना, माणक तथा मोती०,  पीपल, जामुना, आँपको पात , कलशको लागि ढक्कन माटो या तामाको,   ढक्कनमा राख्नको लागि शुद्ध चामल, नरिवल, रातो कपडा, फूल माला, फल तथा मिठाई,  दीपक, धूप, अगरबत्ती आदि । 
  

कुन् मन्त्रले घटस्थापना गर्ने ?

'ज्ञानिनामपि चेतांसि, देवी भगवती ह्री सा।
बलादाकृष्य मोहाय, महामाया प्रयच्छति।।' 

यो मन्त्र ९ दिनका लागि ११ हजार या सवा लाख जप गरेर हवन गर्नुहोस् । दैनिक एक माला जप गरेर आफ्नो मनमा सुन्दर कल्पना गर्नुहोस् । रातो आसन, वस्त्र या फूलको प्रयोग गर्नुपर्छ । 

'ॐ चामुण्डे ज्वल-ज्वल प्रज्वल-प्रज्वल स्वाहा।'  
यो मन्त्र दस हजार पटक स्त्री पुरुष सबैले समान रुपले गर्नुपर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ