arrow

विहान २ बजेसम्मको रुझानमा काँग्रेस पाँचौं, अघिल्ला चार पार्टी कुन् कुन् परे ?

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
congress-flag.jpg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा बुधबार रातीसम्म राजविराज बाहेकका सबै स्थानीय तहको मतगणना जारी रहेको छ । मतगणनाको क्रममा प्रारम्भिक मत परिणाम पनि आउनेक्रम जारी रहेको छ भन कतिपय स्थानीय तहमा पूर्ण नतिजा पनि आईसकेको छ । 

हाम्राकुरा डटकमको निर्वाचन विशेष डाटा सिस्टमका अनुसार अहिलेसम्म  १ सय ३५ स्थानीय तहमा काँग्रेसले ४० स्थानीय तहमा अगाडि छ । तर, ४० स्थानीय तहमा अगाडि भएपनि विहान २ बजेसम्मको रुझानमा काँग्रेस एमालेभन्दा पछि परेको छ भन्न सकिने अवस्था देखिएको छ । एमालेले समीक्षा समयमा १ स्थानमा विजयी भएर १६ स्थानीय तहमा अग्र पंक्तिमा छ । सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले नराम्रो हार बेहोर्ने धेरैको आकलन थियो । तर, एमालेले अहिलेसम्मको स्थिती हेर्दा १७ स्थानीय तहमा विजयी हुनसक्ने संकेत दिएको छ । यद्यपि यो अग्रता पछिसम्म बढ्न या घट्न पनि सक्छ । 

तर, नेपाली काँग्रेसको भने राती २ बजेसम्म कतैपनि जीत हाँसिल नभएकोले काँग्रेस एमालेभन्दा पनि पछि परेको हो । नतिजामा सबैभन्दा एक स्थानमा विजयीसँगै ३१ स्थानमा अग्रता हाँसिल गरेको संघीय समाजवादी फोरम पहिलो बनेको छ । त्यस्तै, एक स्थानमा विजयीसहित २२ स्थानमा अग्रता हाँसिल गरेको माओवादी केन्द्र दोस्रो स्थानमा छ भने एक विजयी सहित १९ स्थानमा विजय हाँसिल गरेको राजपा तेस्रो स्थानमा छ । चौथो स्थानमा एमाले र पाँचौ स्थानमा काँग्रेस रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ