arrow

धनुषाको बटेश्वर गाउँपालिकामा एमालेले जित्यो, काँग्रेस हेरेको हेर्यै

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
dhanusha-final.png

धनुषा । धनुषाको धनुषाको बटेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । नेपाली काँग्रेसलाई झड्का लगाउने गरी एमाले अगाडि आएको हो । अध्यक्षमा एमालेका डम्बरबहादुर राउत २ हजार ३ सय ७७ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामअशिष महतोले २३०३ मत ल्याए । महतो ७४ मतले पराजित भए । 

त्यस्तैगरी उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी प्रमिला देवी २ हजार २ सय ९० मत ल्याई विजयी भएकी छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसकी जनारसीदेवीले २ हजार १ सय ९६ मत ल्याइन् । जनारसीदेवी ९४ मतले पछि परिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ