arrow

जेलबाट भागेर १० दिनमा चार महिलालाई प्रेमिका बनाएर शोषण गर्ने कैदी

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
prisoner-jail.jpg

काठमाडौं । गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै चकित बनाएको थियो । किनकि उनले निकै चतुर्याइँ अपनाएका थिए । अझ जेलबाट भागेको १० दिनमा उनले गरेको काम भने चकित बनाउने मात्र होइन, विश्वास गर्नै कठिन हुने किसिमको छ । 

कर्मचारी र प्रहरी मात्र होइन, जेलका खुंखार अपराधीलाई समेत चकित बनाउने यी पात्रको नाम हो प्रवेश भन्ने मनबहादुर पुनः । घर पर्वत, उमेर ३१ । मुद्दा– मानव बेचबिखन । महिला बेचबिखनको आरोपमा उनी पाँच वर्षअघि पक्राउ परेका थिए । अदालतले १२ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । मकवानपुरको भीमफेदी कारागारमा सजाय भुक्तान गर्दै थिए ।

‘१० दिनमा उसले चारजना महिलालाई बिहे गर्ने भन्दै पट्याएर शारीरिक र आर्थिक शोषण गरिसकेको रहेछ,’ केन्द्रीय कारागार सुन्धाराका अधिकृत कुलप्रसाद रेग्मी भन्छन्, ‘मीठो बोलेरै उसले मान्छेहरूलाई आफ्नो जालमा फसाउने गरेको देखियो ।’

५ वर्ष जेलमा बसेपछि उनले जेलका सबै सिस्टम बुझे । जेलको संरचनालाई सजिलै झुक्याएर भाग्न सक्ने विश्वास भयो । त्यही योजनाअन्तर्गत उनले काठमाडौंको केन्द्रीय कारागार सरुवाको तयारी सुरु गरे । तर, आफूले चाहेको जेलमा सजिलै सरुवा हुन सक्ने अवस्था छैन । त्यसका लागि उनले आफू बिरामी भएको नाटक गरे । केन्द्रीय कारागारमा सुविधासम्पन्न अस्पताल भएकाले देशभरिका बिरामी कैदीलाई त्यहाँ ल्याउने गरिन्छ । 

पुनले पनि आफू बिरामी भएको नाटक गरे । तर, आफू मात्र आएर जेलबाट उम्कन सक्ने अवस्था थिएन । लागुऔषध मुद्दामा उनीसँगै भीमफेदी कारागारमा रहेका २१ वर्षीय दर्पण थापालाई पनि ल्याउनुपर्ने थियो ।

सजिलै झुक्याए जेल प्रशासनलाई
थापाको सजाय १८ गते सकिँदै थियो । थापालाई उनले आफ्नो जालमा फसाए । आफ्नो एकजना काकाले ५० लाख रुपैयाँ पठाउन लागेको र त्यो पैसा लिन काठमाडौं जान लागेकाले सहयोग गर्न आग्रह गरे । पैसा आएपछि २५र२५ लाख बाँड्ने भन्दै एक केन्द्रीय कारागारमा जाँदा पुर्जी साटासाट गर्न थापालाई राजी बनाए । थापालाई केही पैसा तत्काल दिए पनि । 

केन्द्रीय कारागारमा पुग्दा दर्पण थापाको नाम मनबहादुर पुन बन्यो, मनबहादुर भने दर्पण बन्न पुग्यो । सोहीअनुसार उनीहरूले नाम टिपाए, कारागारले पनि त्यहीअनुसार रेकर्ड राख्यो । यो साउन १३ गतेको घटना हो । 

साउन १८ गते आयो । कारागारले दर्पण थापालाई छाड्ने प्रक्रिया सुरु गर्यो । कारागारको नजरमा मनबहादुर नै दर्पण थापा थिए । उनले कैद भुक्तान गरेको पुर्जी लिए । तर, छुट्ने वेला एकजना आफन्तले जिम्मा लिनुपर्ने प्रावधान छ । 

उनले परिवारका कसैलाई पनि बोलाएनन् । जेलमै रहेका एक व्यक्तिलाई आफ्नो परिवारका सबै व्यक्तिहरू बेलायतमा भएकाले छुट्ने वेला बुझ्ने व्यक्ति चाहिएको भन्दै सहयोग मागे । ती व्यक्तिले आफ्नो भाइबुहारीलाई पठाए । उनी थापा थरकै थिइन् । 

योजनाअनुसार नै दर्पण थापा बनेर उनी जेलबाट छुटे । छुटेपछि के–के गर्ने पहिले नै तय भइसकेको थियो । जेलमै उनले हरिबहादुर पुनस“ग चिनजान भएको थियो । दुवैजना पुन थरका भएकाले छिट्टै नजिक भए । आफ्नो सबै परिवार युकेमा भएकाले जेलबाट छुटेलगत्तै बिहे गरेर बेलायत जाने बताए । त्यसका लागि एकजना महिला चाहिएको बताए । बेलायत लैजाने भनेपछि हरिबहादुरले आफ्नै एक आफन्तको नम्बर दिए ।

 जेलबाट निस्किएलगत्तै मनबहादुर टेलरिङमा गए । महँगो सुट किनेर लगाए । त्यसपछि हरिबहादुरकी आफन्तलाई फोन गरे । होटेलमा भेटे । ‘आज मात्र म युकेबाट आएको, लगेज पनि एयरपोर्टमै छ,’ भन्दै उनले महिलालाई भ्रममा पारे ।

जेलबाट निस्किएलगत्तै पुन टेलरिङमा गए । महँगो सुट किनेर लगाए । त्यसपछि हरिबहादुरकी आफन्तलाई फोन गरे । होटेलमा भेटे । ‘आज मात्र म युकेबाट आएको, लगेज पनि एयरपोर्टमै छ,’ भन्दै उनले महिलालाई भ्रममा पारे । महिलाकै पैसामा मस्ती गर्न उनले लगेज छुटेको नाटक गरेका थिए । आफू १०र१२ दिनभित्रै बेलायत फर्कने बताए । डिभोर्सी ती महिला पनि मक्ख परिन् । त्यो दिन होटेलमा बसे । 

भोलिपल्ट मनकामना मन्दिर गएर पोखरा गए । पर्सिपल्ट पोखराको बिन्दबासिनी मन्दिरमा गएर ‘सटकट’ बिहे गरे । त्यसपछि ती महिलालाई काठमाडौं फर्काइदिए । ती महिलासँगै अर्की एक युवती पनि गएकी थिइन् । 

उनलाई भने पोखरामै बस्न लगाए । ‘कहाँ त्यस्ती आइमाईलाई म लन्डन लैजान्छु, खास बिहे त तिमीसँग गर्ने हो’ भन्दै फकाए । उनको बोलीमा यति जादू थियो कि ती युवती पनि मक्खै परिन् । होटेलमा सँगै बसिन् । उनलाई पनि बिहेको प्रलोभनमा शारीरिक शोषण गरे । 

भोलिपल्ट ती युवतीलाई पनि उनले काठमाडौं फर्काइदिए । पोखराकै अर्की एक महिलासँग उनको चिनजान भयो । ती महिला पनि डिभोर्सी थिइन् । पोखराको एक भव्य घर आफ्नो भएको भन्दै देखाए । त्यही घर देखाएर महिलालाई प्रभावमा पारी बिहेको आश्वासन दिई होटेलमा सँगै बसे । तत्कालका लागि केही समस्या भएको भन्दै महिलासँग पनि पैसा लिए । बिहे गरेर केही दिनमै बेलायत लैजाने बताएका थिए । तेस्री महिलालाई पनि फसाउन उनी सफल भए । 

त्यति मात्र होइन, युकेका आइडीवाला आफ्नो काका पनि भएको र उनले पनि एक महिलालाई बिहे गरेर लैजान सक्ने बताए । सोही महिलाले अर्की महिलालाई पनि तयार बनाइन् । त्यसका लागि मनबहादुरले १० लाख रुपैयाँ आफूलाई चाहिने बताए । ती महिला १० लाख दिन तयार भइन् । युकेको आइडीवालासँग बिहे गरेर विदेश जाने सपनामा जग्गा बेच्नतर्फ लागिन् । 

मनबहादुर तेस्री प्रेमिकाको चार तोलाको सिक्री लगाएर काठमाडौंतर्फ लागे । उनीसँग पैसा पनि लिएका थिए । उनी भागेको नौ दिन भइसकेको थियो ।

जेलमा हंगामा 
यता उनी भागेको पाँचौँ दिन मात्र जेल प्रशासनले एउटाको पुर्जीमा अर्को छुटेको कुरा पत्ता लगायो । मनबहादुरको नाममा जेलमा बसेका दर्पण थापा केही दिनदेखि झोक्राएर बसेका देखेपछि जेलका नाइकेहरूले सोधे, ‘के भयो भाइ ? किन झोक्राएको ?’ उनले वास्तविकता कसैलाई नभन्नु भनेको छ भन्दै सुरुमा केही भन्न मानेनन् । पछि सबै कुरा खोलिदिए । उनीसँग मनबहादुर पुनको कैदी पुर्जी थियो । जेलमा हंगामा मच्चियो । एउटाको पुर्जीमा अर्को व्यक्ति छुटेपछि हंगामा हुनु स्वाभाविक नै थियो । जेल प्रशासनकै लागि त्यो अनौठो घटना थियो ।

महिलाकै जालमा फसे
तत्कालै कारागार प्रशासनले महानगरीय प्रहरी कार्यालयमा जानकारी गराएर आन्तरिक छानबिन समिति गठन ग¥यो । प्रहरीले उनलाई बुझिलिने व्यक्तिबाट अनुसन्धान गर्यो । जसबाट उनको पहिलो प्रेमिकालाई प्रहरीले पक्राउ गर्यो । प्रहरीले पनि नाटकीय रूपमै तत्काल भेट्नुपरेको भन्दै महिलालाई फोन गर्न लगायो । त्यही ट्र्यापमा फसाएर प्रहरीले उनलाई पक्राउ गरी जेलमा पुर्यायो ।

 त्यो २८ साउनको घटना थियो । ‘१० दिनमा उसले चारजना महिलालाई बिहे गर्ने भन्दै पट्याएर शारीरिक र आर्थिक शोषण गरिसकेको रहेछ,’ केन्द्रीय कारागार सुन्धाराका अधिकृत कुलप्रसाद रेग्मी भन्छन्, ‘मीठो बोलेरै उसले मान्छेहरूलाई आफ्नो जालमा फसाउने गरेको देखियो ।’ एक महिला १० लाख रुपैयाँ जम्मा गरेर युके आइडीवालासँग बिहे गर्न उनलाई खोजी गरिरहेकी थिइन्, त्यसवेलासम्म उनी केन्द्रीय कारागारमा पुगिसकेका थिए ।

थप तीन वर्ष जेल 
छानबिनका क्रममा उनले सबै कुरा स्विकारेका छन् । यसरी जेलबाट भाग्नेलाई कारागारले कारागार ऐनअनुसार फेरी मुद्दा चलाएको छ । जसमा उनलाई तीन वर्ष कैद सजाय भएको छ । 

उनीसहित भीमफेदी कारागारका प्रहरी र उनलाई जेलबाट भाग्न सहयोग गर्ने दुर्लभ थापाविरुद्ध समेत मुद्दा दायर भएकोमा उनीहरूलाई भने अदालतले तारेखमा छाडिदिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुनले विभिन्न बहानामा पैसा सापटी लिएर धेरैलाई ठगेको खुलेको छ । थप व्यक्तिहरूलाई ठग्न सक्ने भएकाले उनलाई गोलघरभित्र राखिएको अधिकृृत रेग्मीले बताए । उनका ‘कम्प्युटर’लगायत ६ वटा उपनाम छन् । दिमाग निकै तीक्ष्ण भएकाले उनको उपनाम कैदीहरूले नै कम्प्युटर राखेका हुन् ।

पुनको प्रकरणपछि देशभरिका जेलमा नयाँ नियम लागू गरिएको छ । कुनै पनि कैदीरबन्दी कारागार स्थानान्तरण गर्दा सुरुमै फोटो प्रमाणित गर्नुपर्ने प्रावधान केन्द्रीय कारागारले लागू गरेको छ ।

जेलबाट थप अपराध गर्ने आशंकामा उनलाई गोलघरमा राखिएको हो । गोलघर जेलभित्रको पनि जेल हो, जहाँ रहने व्यक्तिले अन्य कैदीहरूलाई भेट्न पाउँदैनन् । कुख्यात अपराधी चाल्र्स शोभराज पनि केन्द्रीय कारागारकै गोलघरमा छन् । 

अनुसन्धानका क्रममा कारागारका एक अधिकारीले जिस्किँदै भने, ‘कसरी केटीहरू पट्याउने मलाई पनि सिकाइदे न ।’ उनले आफूलाई पाँच मिनेट फोनमा कुरा गर्न दिए प्रेमिका मिलाइदिने बताए । त्यसका लागि ३०र४० हजार रुपैयाँ आवश्यक हुने बताए ।

जेलमा नयाँ नियम 
पुनको प्रकरणपछि देशभरिका जेलमा नयाँ नियम लागू गरिएको छ । कुनै पनि कैदीरबन्दी कारागार स्थानान्तरण गर्दा सुरुमै फोटो प्रमाणित गर्नुपर्ने प्रावधान केन्द्रीय कारागारले लागू गरेको छ । यसअघि पनि कैदी स्थानान्तरणका क्रममा एक–अर्काको पुर्जी ढाँटेर रावणीजित लामा पनि भागेका थिए । थोरै कैद सजाय भएका व्यक्तिको पुर्जी लिएर उनी छुटेका थिए । 

आफ्नो सट्टा अर्को व्यक्तिलाई उनले जेलमा राखेका थिए । दुई वर्षअघि सुन्धारको एक डिस्कोमा गोली हानी उनलाई प्रहरीले पक्राउ गरेको थियो । हाल उनी जेलमै छन् । एक कैदीले भने नक्कली कैदी पुर्जी र फैसला बनाएर गत वर्ष छुटेका थिए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ