arrow

कानेपोखरीमा आगोले जलेर एकै परिवारका चार जनाको मृत्यु

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
fire.jpeg

उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर तीन महिलाको मृत्यु भएको छ ।

सोही ठाउँका ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा बिहिबार बिहान ३ बजे अचानक आगलागी भएको थियो । 

आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुरकी आमा ८६ वर्षीया गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको आगोले जलेर मृत्यु भएको हो । 

चन्द्रबहादुर पनि घरभित्रै रहेकाले उनको शव भने फेला नपरेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए । 

आगो विराटनगर, इटहरी र दमकका समेत गरी तीनवटा वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ