arrow

काँग्रेस सिरहामा पनि, नवराजपुर गाउँपालिकामा झण्डा गाड्न सफल

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
congress-flag.jpg

सिरहा । सिरहामा पनि नेपाली काँग्रेस विजयी  भएको छ । मतगणना अग्रतामा शिर्ष स्थानमा रहेको काँग्रेसले विजयमा पनि अग्रता बढाउँदै सिरहाको नवराजपुर गाउँपालिकामा विजय हासिल गरेको हो । 

काँग्रेसका अध्यक्षका उम्मेदवार बिश्वमोहन यादवले २३८३ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । 

अध्यक्षका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका शिव उदगार यादवले २११४ मत ल्याए ।

उपाध्यक्षमा पनि कांग्रेसकै शोभा कुमारी यादवले २३७७ मत प्राप्त गरी विजयी भइन् । 

 निकटतम प्रतिस्पर्धी एमालेकी संगिता कुमारी यादवले १९८८ मत ल्याइन् । 

यस गाउँपालिकाको वडा नं २, ४ र ५ मा काँग्रेस, १ मा एमाले र ३ मा संघीय समाजवादी फोरम वडाध्यक्षमा विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ