arrow

चुनावमा भोट नदिएको विषयमा झडप हुँदा रौतहटमा एकको ज्यान गयो 

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
Dead_Body.jpg.jpeg

काठमाडौं । स्थानीय तहको निर्वाचनमा रौतहटको कटहरीया नगरपालिकामा भोटको विषयमा विवाद बढ्दै जाँदा एक जनाको ज्यान गएको छ । सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफूलार्इ भोट नदिएको भन्ने विषयमा विवाद चुलिएको थियो । 

आफुहरुलाई भोट नदिएको भन्दै कटहरियाबाट उत्पन गरेको विवादले कटहरिया नगरपालिकाको वडा नं. ८ मा बुधबार करिव ९ वजे राति झडप हुन गई स्थानीय ५० वर्षीया राम पुकार राय यादवको मृत्यु भएको हो । रायको ज्यानगएको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले पुष्टि गरे । उनले चुनावको विषयमा भन्दापनि उनीहरुको आन्तरिक विषयको विवादले झडप भएको प्रतिक्रिया दिए ।

उक्त झडपमा संलग्न रहेका कटहरीया न.पा. वडा नं. ८ बलुवाका अनुठा यादव, भुटा यादव, बैजु साह कलवारलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरी हिरासतमा राखेको छ भने मृत शरीरलाई पोष्टमार्टमका लागि गौरमा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ