arrow

परोहा नगरपालिकामा कांग्रेसका वकिल विजयी

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
paroha.png

रौतहट । तीन दिनको मतगणना पछि रौतहटको परोहा नगरपालिकामा नेपाली काग्रेसीले मेयर र उपमेयर बिजय हासिल गरेको छ । रौतहटको १८ स्थानीय तहमध्ये प्रमुख पदको परिणाम सार्बजनिक भएको यो दोस्रो नगरपालिका हो ।

निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार मेयरपदमा नेपाली काग्रेसका शेष वकिलले ६३३० मत  र उपमेयरमा सुगान्धि देबीले ६०९८ मत ल्याई बिजयी भएका छन । उनीहरुको निकटतम प्रतिद्धन्धि माओबादी केन्द्रका मेयर पदका अरुण कुमार जैयसवालले ४०७७ र उपमेयरका पुनम पटेलले ३९५७  मत प्राप्त गरेको निर्वचन अधिकृतको कार्यालयले जनाएको छ ।

 यस अघि ईशानाथ नगरपालिकामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक बाट मेयर पदमा सन्तोष मेहताले ५७८५ र उपमेयरमा हुसनी आरा खातुनले ५२३६ मत प्राप्त गरी बिजयी भएका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ