arrow

स्पेनिस लिगः रोनाल्डो फर्के टिम हार्यो 

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
real-ronaldo.jpg

स्पेन । स्पेनिस लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडको यो सिजन खासै जमेको छैन । रियालले पहिलो हार बेहोरेको छ । 
घरेलु मैदानमा रियालले बुधबार राति रियाल बेटिससंग १–० को पराजय बेहोर्नु पर्यो । 
पाँच खेलको प्रतिवन्धपछि टिममा फर्केका क्रिष्टियानो रोनाल्डोसमेत गोल गर्न चुकेपछि टिम पराजित भयो । 
ग्यारेथ बेलको लो पासमा गोल गर्न नसक्दा रोनाल्डो आलोचित भएका छन् । 
एन्टोनियो सानाब्राइयाले इन्जुरी समयको चौथो मिनेटमा गोल गरेर बेटिसलाई अविश्मरणिय जित दिलाए । 
यो हारले रियाल मड्रिड ५ खेलबाट ८ अंकसहित सातौं स्थानमा झरेको छ । 
सत्प्रतिशत नतिजा निकालेको बार्सिलोना शिर्ष स्थानमा छ । 
१३ अंकको सेभिल्ला दोस्रो, ११ अंकको एथलेटिको मड्रिड तेस्रो तथा ९–९ अंकका भ्यालेन्सिया, रियाल सोसिडाड र बेटिस क्रमशः चौथो, पाँचौ र छैटौं स्थानमा छन् । 

Antonio Sanabria (right) celebrates after scoring the winner in the final minute of the clash against Real Madrid

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ