arrow

सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादीको जित

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
sarlahi.png

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार किसुनदेव राय विजयी भएका हुन् ।

उनले २३ सय १६ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी राजपाका उम्मेदवार दिनेश यादवले १८ सय ४० मत ल्याए ।

उपाध्यक्षमा संघीय समाजवादी फोरमकै इन्द्रकलादेवी साह विजयी भएकी छन् । उनी २२ सय ७७ मत ल्याएर विजयी भइन् ।

निकटवर्ती राजपाकी नुरुल खातुनले १९ सय ५१ मत मात्रै ल्याइन् । यो गाउँपालिकालाई राजपाको आधार क्षेत्र भनिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ