arrow

काँग्रेसले टिकट नदिएका सिद्धार्थले माओवादीबाट चुनाव जिते, ६ मतको अन्तर

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
aurahi.png

सिरहा । सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।  अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थ यादव विजयी भएका हुन् । उनले संघीय समाजवादी फोरम उम्मेदवार शिवजी यादवलाई १६ मतले पछि पारेका हुन् ।

निर्वाचित सिद्धार्थले २६ सय ५८ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी शिवजी यादवले २६ सय ५२ मत ल्याए ।

सिद्धार्थलाई काँग्रेसले टिकट नदिएपछि माओवादी केन्द्रबाट चुनाव लडेका थिए । नेपाली कांग्रेसले टिकट नदिएपछि सिद्धार्थले माओवादी केन्द्रमा प्रवेश गरेर उम्मेदवारी दिएका थिए ।

सिद्धार्थ नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका जिल्ला अध्यक्ष थिए । काँग्रेसले औरही गाउँपालिकामा सुभाष यादवलाई टिकट दिएपछि मनोनयन दर्ताको दिन सिद्धार्थ माओवादी केन्द्र प्रवेश गरे । पार्टी प्रवेश गरेलगत्तै माओवादीले उनलाई टिकट दिलाएको हो ।

यस्तै, उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी सितादेवी यादव विजयी भएकी छन् । उनले २६ सय ३२ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी देवझरी देवी यादवले २४ सय ५९ मत ल्याइन् ।

औरहीको ५ वटा वडा मध्ये २ वटामा माओवादी केन्द्र, २ वटा संघीय समाजवादी फोरम र एउटा वडामा मात्रै नेपाली काँग्रेस विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ