arrow

मन्त्रीकी पत्नी–जो प्रदेश २ को पहिलो महिला मेयर भईन्

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
mantri_patni.jpg

रौतहट । प्रदेश २ मा माओवादी केन्द्रले अर्को सफलता हासिल गरेको छ । रौतहटको मौलापुर नगरपालिकामा माओवादी केन्द्रबाट महिला उम्मेदवारले जित हासिल गरेकी छन् । त्यो पनि मन्त्री पत्नी ।

शहरी विकासमन्त्री प्रभू साहकी पत्नी रीना कुमारी साह प्रदेश २ को पहिलो महिला मेयर निर्वाचित भएकी हुन् । उनी रीना कुमारी भन्दा पनि झुण्याउने नाम ‘कविता’ले परिचित थिइन् ।

चुनाव प्रचार पनि उनले ‘कविता’नामबाटै गरिन् । उनी माओवादी केन्द्रमै सक्रिय रुपमा लागिरहेकी थिइन् । उनले ३ हजार ९ सय ३३ मत ल्याईन । उनका निकटतम प्रतिस्पर्धी राजपा नेपालका मेयर उम्मेदवार रवीन्द्र पटेल ‘धिरज’ले ३ हजार ८ सय ९९ मत ल्याए ।

उपमेयर पनि माओवादी केन्द्रले नै जितेको छ । उपमेयरमा माओवादी उम्मेदवार गौरी शंकर प्रसाद जयसवालले ३ सय ८ सय ९६ मत ल्याए ।

उनका निकटतम प्रतिस्पर्धी राजपाबाट उपमेयर उम्मेदवार रिना देवीले १६ सय ५० मत ल्याइन् । शहरी विकासमन्त्री प्रभू साह साविकको रौतहट क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ