arrow

गाउँकै अगुवा कृषक मृगौलाको पिडित

logo
नारायण रिजाल,
प्रकाशित २०७४ असोज ५ बिहिबार
kidney-victim.png

बागलुङ। जिल्लाको भकुण्डेका अगुवा कृषक रनबहादुर थापा मृगौला रोगबाट पिडित बनेका छन। बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे दहका थापाले आफ्नो जिवन रक्षाका लागी सहयोगको अपिल गरेका छन। समाजमा कृषि पेशामा निकै उदारणीय बनेका रनबहादुरको दुबै मृगौलाले काम गर्न छोडेपछी परिवारले उपचारका लागी आर्थिक सहयोगको अपिल गरिरहेका छन।  

जिल्लाकै अगुवा कृषकको रुपमा आफ्नो परिचय बनाएका थापाले यस अगाडीको स्वास्थ्य परिक्षण गर्दा मुटुमा समस्या देखिएपछी मुटुकै औषधी सेवन गर्दै आएको परिवारले बताएको छ। लामो समयदेखी कृषि पेशा अंगाल्दै आएका थापाको विगत पाँच महिनादेखी स्वास्थ्यमा समस्या देखिदै आएको उनकी श्रीमती सुकुमारी थापाले बताईन।

‘निरन्तरको औषधि सेवन पछाडी रोग घट्नुका साटो झन बढ्दै गयो’ थापाकी श्रीमती सुकुमारीले पत्रकार सम्मेलनमा भनीन, ‘एक साताअगाडी पोखरा लगेर पुन स्वास्थ्य परिक्षण गराउँदा दुबै मृगैलामा समस्या देखियो।’ थापाको अहिले पोखरा स्थित चरक अस्पतालमा उपचार भैरहेको छ। ‘सुरुमा गण्डकी अस्पतालमा लग्यौँ त्यहावाट चरकमा रेफर गरियो, फेरी चरकले गण्डकीमै रेफर गर्ने जस्तो बुझिएको छ।’ सुकुमारीले भनिन। 

५८ बर्षिय थापाको परिवारमा एक श्रीमती, दुई छोरी र एक छोरा र बुहारी छन। आफ्नो सम्पुर्ण जिवन कृषि पेशामै विताएका थापाको पारिवारीक आर्थिक अवस्था निकै नाजुक रहेको छ। गाउँमा रहेको जग्गा जमिन पनि बेचेर उपचारका लागि खर्च पुग्ने अवस्था छैन श्रीमतीले भनीन, श्रीमानको उपचारमा दैनिक १०  देखी १५ हजार सम्म खर्च हुने गरेका छ। ‘हाम्रो आर्थिक श्रोतले उहाँको उपचार सम्भव छैन’ उनले थपिन, ‘उहाँको बाच्ने र कृषिमै केहि गर्ने चाहना तपाईहरुको सानो सानो सहयोगले मात्र सम्भाव छ।’ मृगौला प्रत्यारोपणका लागी १५ लाख भन्दा बढी खर्च लाग्ने उनले बताईन। ‘पाँच पहिना पछाडी रोगको पहिचान भएको छ, समयमै उपचार गर्न सकियो भने बचाउन समिन्छकी भन्ने आशा छ।’ श्रीमतीले भनीन।

थापाको उपचारका लागी ठुलो धनराशी खर्च हुने भएपछी उनको जिवन बचाउका लागी ‘रनबहादुर थापा बचाउ अभियान’ सुरु गरिएको अभियानका सचिव उमाकान्त शर्माले बताए। कृषि पेशामा निर्भर थापा परिवारले उपचारका लागी लाग्ने रकम जुटाउन असम्भव भएपछी आर्थिक संकलनका लागी अभियान सुरु गरेको सचिव शर्माको भनाई छ। कृषिको आधुनीक खोज विकासका लागी खोज अनुसनधान गर्दै आएका थापाको आर्थिक अवस्था निकै नाजुक रहेको अभियानका अध्यक्ष मनोज थापाले बताए।

उनको  जिवन रक्षा गर्नु हामी सबैको दायीत्व हो भनेर हामी ‘रनबहादुर थापा बचाउ अभियान’ थालेका हौँ।’ थापाले भने,  यो अभियानमा सहयोग गर्न देश बिदेशमा रहेका सम्पुण सहयोगी मनहरुलाई आग्रह गरिएको छ। थापाले अगालेको कृषि पेशावाट प्राप्त आम्दनी सामाजिक क्षेत्र तथा कृषि क्षेत्रकै विकास र अनुसनधानमा खर्च गर्ने गरेको स्थानियहरु बताउँछन। 

लामो समय सम्म तरकारी खेती गरिराखेका थापाको २०७१ सालमा धौलागिरी थापा नर्सरी नाम बाट जिल्ला कृषि विकास कार्यालय दर्ता भएको थियो। नर्सरी व्यवसाय पछिल्लो समयमा फष्टाउदैँ गएको र यो व्यवसाय सन्तुष्ट भएको बेला एक्कासी उहाँलाई रोगले समात्यो श्रीमती सुकुमारी थापाले भनिन। उनले सुन्तला लगायतका अन्य फलफुल तथा तरकारीका विरुवाहर नर्सरी गरेर विक्री गर्ने गर्दथे।

अहिले सम्म कृषि व्यवसायमा नै आफ्नो जीवन व्यतित गरेका थापा दम्पत्तिले अवको बाँकी जीवन पनि यहि व्यवासयमै रमाउने मन रहेको र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेका छन। उनको सहयोगका लागी रन बहादुर थापाको नेपाल बैँक बागलुङ शाखामा रहेको खाता नम्वर २२१०८९१८३ र कुमारी बैँकको खाता नम्वर ०१००१००२०६२ मा सहयोग रकम जम्मा गरिदिनुहुन ‘रनबहादुर थापा बचाउ अभियान’ले अपिल गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ