arrow

पुर्व एसएसपी विक्रम सिंह थापा कांग्रेसमा प्रवेश, रामचन्द्रले लगाए टिका

राप्रपाबाट मेयर उम्मेदवार उठेका अजय थापासहित ३ हजार वढी ओइरिए कांग्रेसमा

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ असोज ५ बिहिबार
congress-prabesh.jpg

कपिलवस्तु । विभिन्न पार्टी परित्याग गरि कपिलवस्तुमा ३ हजार वढि नेता तथा कार्यक्रता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस कपिलवस्तुले चन्दौटामा राखेको विशाल आम सभा कार्यक्रममा राप्रपा पार्टीका शिवराज नगरपालिकामा मेयरका उमेद्धार अजय थापा सहित कांग्रेसमा प्रवेश गरेका हुन ।

 थापा लगायत थापाका सर्मथक प्रस्तावक तथा उनका कार्यकर्ताहरु प्रवेश गर्का हुन । प्रवेश गरेकाहरुलाई टिका लगाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वागत गरेका हुन् । त्यस्तै नेपाल प्रहरीका पुर्व एस एस पी विक्रम सिंह थापा समेत रामचन्द्र पौडेलको हातवाट टिका लगाई कांग्रेसमा प्रवेश गरेका छन् ।

 स्थानीय तह निर्वाचनमा शिवराज नगरपालिकामा अजय थापाले २ हजार ८ सय ९०   मत प्राप्त गरेका थिए । उनी चन्दौटा क्षेत्रका लोकप्रिय र विकास प्रेमी युवा नेता हुन । पार्टी प्रवेश संगै उनले नेपाली कांग्रेसमा रही राजनीती गर्ने बताए । लोकतान्त्रिक पार्टी नै देशको मुलआधार रहेको हुंदा आफु कांग्रेसमा प्रव्श गरेको उनले बताए ।

कार्यक्रममा वोल्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवको विकासको राजनिति नेपाली कांग्रेसले गर्ने बताए । एमाले र माओवादीको वोलिको ठेगान नभएको हुंदा निष्टा र सिदान्तको राजनिति गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको उनले बताए । साथै अव नेपालको विकास भनेको आर्थि विकास भएको हुंदा कृषि,पर्यटन र रोजगारको क्षेत्रमा लगानी गर्नेमा आफुहरुले योजना बनाएको समेत पौडेलले बताए । नदि नियन्त्रण वस्ती विकास जस्ता योजना तत्ताक कागे्रंकै नेतृत्वमा हुने समेत उनले बताए ।

पार्टी सभापति एवं पुर्व सिचांइ राज्य मन्त्री  सुरेन्द्रराज आर्चायको अध्यक्षता र प्रकाश घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा सांसद अतहर कमल , पुर्व सांसद विष्णुराज आर्चाय, अर्घाखाची सभापति विष्णु मुस्कान , पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, कांग्रेस नेता डां रुद्रप्रताप शाह ,क्षेत्रिय सभपति केशव कुमार श्रेष्ठ, गिरिजेश पाण्डेय, अकेल मिया ,महिला संघ केन्द्रिय सदस्य सुमित्रा शर्मा लगायतले वोलेका थिए । सो अवसरमा विभिन्न सास्कृतिक कार्यक्रम तथा वडा दशैके शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ