arrow

घटस्थापनाको समय भयो, ध्यान दिनुहोस् यी ९ कुरा 

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
ghatasthapana.jpg

काठमाडौं । हिन्दू धर्मालम्वीहरुको महान् पर्व बिहीबारदेखि सुरु भएको छ । अबको नौ दिनसम्म चल्ने दशैंमा देवी दूर्गाको पूजाको लागि बिहीबार घटस्थापना गरिँदै छ । सकेसम्म घटस्थापना अपराह्न तथा साँझ राख्नु पर्द्छ भन्ने मान्यता रहेको छ । शास्त्रानुसार साँझ ४.२८ देखि  ६.०३ सम्म कुम्भ लग्नमा र राती ७.३२ देखि  ९.१५ सम्म मेष लग्न रहेको छ । त्यस्तै राती ९.१५ देखि ११.१२ सम्म वृष लग्नले शुभ हुने देखिएको छ।

यसको धार्मिक आस्थाका अनुसार सबैभन्दा पहिले श्री रामचन्द्रले यस शारदीय नवरात्रि पूजाको आरम्भ समुद्र तटमा गरेका थिए । त्यसको १० औं दिन लंका विजयको लागि प्रस्थान गरेका थिए र विजय पनि प्राप्त गरेका थिए । त्यही समयदेखि असत्य र अधर्म माथि सत्यको विजय भएको दिनको सम्झनामा दशमी मनाउने गरिन्छ । 

दूर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । यिनी सबै प्रकारको सिद्धि दिनेवाली देवीको रुपमा चिनिन्छ । यिनको बाहन सिंश हो तापनि यिनी कमलको फुल माथि पनि बस्ने गरेकी हुन्छिन् । नवरात्रिको नवौं दिन नै यिनै देवीको पूजा गरिन्छ । 

यिनै शक्तिदात्री देवी दूर्गाको पूजा परम्परा हाम्रो परापूर्व कालदेखिको परम्परा हो । यिनै देवीको पूजाको लागि कलश स्थापना गर्दा ध्यान दिनुपर्ने नौ वटा विषयलाई तल प्रस्तुत गरिएको छ । 

१  देवी दूर्गालाई रातो रंगको वश्त्र, रातो चन्दन, सिन्दूर, रातो साडी, रातो चूरा, आभूषण तथा खाने(पिउने सबै पदार्थ जुन रातो र‌ंगको हुन्छ । 

२  माता दूर्गाको आशीर्वाद पाउनको लागि नवरात्रिको दौरानमा विहानै तल उल्लिखित श्लोकमार्फत् गरेमा शुभ हुने धार्मिक मान्यता रहेको छ । 

या देवी सर्वभूतेषु श्रद्धा रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस्।।  
३  यस मन्त्रका साथ नवरात्रको पहिलो दिन अपराह्नमा घटस्थापन यानी पूजा स्थलमा तामा वा माटोको कलश स्थापन गर्नुपर्दछ । जुन लगातार नौ दिनसम्म एकै स्थानमा राख्नु पर्छ ।  
४ घटस्थापनाका लागि दूर्गाको स्वर्ण अथवा चाँदीको मूर्ति उत्तम मानिन्छ । यो उपलब्ध हुँदैन भने माटोको मूर्ति भने पनि अनिवार्य चाहिन्छ ।    
५ घटस्थापन हेतु गंगाजल, नरिवल, रातो कपडा, चंदन, पान, सुपारी, धूपबत्ती, घिउको बत्ति ताजा फल, फल माला, बेलपत्रका माला र एउटा थालीमा चामल राख्नुपर्छ । 
६ घटस्थापनकव् स्थानमा केराको खम्बा, आँपपिपलको पात, तामा या माटोको एक घडा, चन्दनको दाउरा, र ५ प्रकारका रत्न  राखेर दिव्य आभूषण देवीलाई स्नान पछि पहिराईदिनुपर्छ । 
७ घटस्थापनको दिन नै जौ, तिल तथा नवान्न को विउलाई एक थालि शुद्ध माटोमा राख्नुपर्छ । किनकी पार्वती यानी शैलपुत्रीलाई अन्नपूर्णास्वरूप मानेर पुज्ने गरिएको छ । अष्टमी अथवा नवमीमा यसलार्इ बिलको शिरमा छर्किने गरिन्छ । 
८  नवदुर्गालार्इ रातो वस्त्र, आभूषण तथा नैवेद्य प्रिय लाग्दछ । अतस् यस्ता वस्त्र आभुषण आदि चिजहरु उनको पूजामा राख्नु आवश्यक हुन्छ । 
९ देवीको मूर्ति अनुसार रातो कपडा, मिठाई, सुगन्धित तेल, सिन्दूर, कन्घा, दर्पण, आरतीको लागि कपूर, छ प्रकारको फल, पञ्चामृत ९जसमा दूध, दही, मह, चिनी र गंगाजल ० का साथ पञ्चगव्य (जसमा गाईको गोबर गाईको मूत्र गाईको दूध  वा गाईको दही गाईका घिउ) समेत राखेर पूजा सामग्रीमा राख्नु आवश्यक हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ