arrow

बहुमतको सरकार बनाउने तयारीमा एमाले

दुई नम्बरमा ठक्कर लागेको निष्कर्ष

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमाले चुनावी समीक्षा गर्दै आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि सरकार चलाउने मनस्थितिमा पुगेको छ ।

चुनावमा सफलता हात लाग्ने अड्कल गर्दै एमाले बहुमतको सरकार बनाउने रणनीतिमा लागेको हो । सरकार बनाउने तयारीका साथ निर्वाचनमा पार्टीका सबै निकायलाई परिचालन गर्ने एमालेको तयारी छ ।

एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले पार्टी पंक्ति परिचालनका लागि शुक्रबारबाट केन्द्रीय कमिटीको बैठक बस्ने बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्न विहिबार अबेरसम्म स्थायी कमिटी बैठक बसेको छ । एमाले नेताहरुले भनेका छन्, ‘मंसिर १० र २१ गतेका लागि तय भएको निर्वाचनपछि प्रदेश र प्रतिनिधिसभामा बहुमतसहितको सरकार बनाउन सिँगो पार्टी लाग्ने विषयमा छलफल भइरहेको छ ।’

स्थायी कमिटीले प्रदेश नम्बर २ को निर्वाचन परिणामको पनि समीक्षा गरेको गरेको छ । एमालेले प्रदेश २ मा मतगणना गर्दागर्दै कर्मचारी फेर्ने काम भएको छ र सुरक्षाकर्मी फेर्ने काम भएको, आरोप लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ