arrow

रोचक परिणाम : दोहोर्‍याएर मतगणना गर्दा पद अर्कैको पोल्टामा

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
mataganana.jpg

सिरहा । लहान नगरपालिकाको १४ नम्बर वडामा काँग्रेसका उम्मेदवार २ मतले विजयी भएका छन् । वडा अध्यक्षमा महेश श्रेष्ठ २ मतले विजयी भएका हुन् ।

उनले ३ सय ५५ मत प्राप्त गरे, भने एमालेका धनीलाल यादवले ३ सय ५३ मत ल्याए । पहिले एमालेका उम्मेदवारले ४ मतले जितेकामा काँग्रेसले पुनः मतगणनाको माग गरेपछि २ मतले आफु विजयी भएको श्रेष्ठले जानकारी दिएका छन् ।
 

पुन: गणनामा एमाले उम्मेदवार विजयी
वीरगन्ज वडा नम्बर ३० मा निर्वाचन अधिकारीले काँग्रेस उम्मेदवार अलि हुसेन देवानलाई १ मतले विजय घोषणा गरिदिए ।
एमाले साँसदद्वय विचारी यादव र राजकुमार गुप्ताले निर्वाचन अधिकृतले गडबड गरेको भन्दै चर्को विरोध गरेपछि पुनःमतणना भयो ।

दोस्रो पटक मतगणना गर्दा वडा नम्बर ३० मा पहिले १ मतले पराजित भएका   एमालेका अमानत मिया विजयी भए । उनले ४ सय ६६ मत प्राप्त गरे । मियाले आफ्ना निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवान भन्दा ११ मत बढी ल्याएर विजयी भए । यो घटनाले वीरगन्जको मगणनाको मतगणनामा विवाद निम्त्याएको छ ।

एमाले प्रतिनिधिहरुले मतगणनमा खटिएका कर्मचारीबाट ४५ मत लुकाएर काँग्रेस उम्मेदवारलाई १ मतले विजयी घोषणा गरिएको आरोप लगाएका छन् ।

मत गणना गरेको लामो समयसम्म पनि नतिजा सार्वजनिक नगरेको भन्दै संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले मतगणनास्थल अगाडि प्रदर्शन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ