arrow

आकस्मिक प्रसुती केन्द्र नहुँदा सुत्केरीको मृत्यु

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
pregenent.jpg

बाजुरा । बाजुराको उत्तरी भेगमा रहेको कोल्टीमा प्रसुती गराउन ल्याएकी महिलाको मृत्यु भएको छ ।  हिमाली गाउपालिका ६ की १६ वर्षीया सिद्धा वि.क.को उपचार हुन नसकी ज्यान गएको हो ।  प्रसुती व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य संस्थामा पुर्याएकी सिद्धा भने विवाहित हैनन् । उनको गाउकै श्रीचन्द्र रोकायासँग प्रेम पारी  गर्भ रहेको रहेको हो । भने गर्भ रहेको कुरा थाहा पाएपछि  रोकाया भारत गएको कुरा मृतकका भाई प्रशाम वि.क.ले बताए ।
 

विकले भने,यहा अप्रेशन हुदैन डाक्टरले भने पछि छाँगाबाट खसेजस्तै भयो । जहाज आउला भनेर रातभर देउता सम्झीयौ तर जहाज नआएपछि दिदीको ज्यान गयो ।  

कोलटी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर विजय कुमार शाहले भने मृतक वि.क.को पाठेघरको मुखमा ट्युमर भएको थियो । यहाँ आकस्मिक प्रसती केन्द्र थिएन । अप्रेशन गर्न पनि सकिदैन थियो । हामीसंग भएको भिडियो एक्सरे पनि पुर्ण रुपमा बिग्रिएको थियो । कुनै उपाय नलागेपछि रातभर जहाजको गर्यो विहान हुदा ज्यान बचाउन सकिएन ।
 
जिल्लामा आकस्मिक प्रसुती केन्द्र सदरमुकाम मार्तडीमा मात्र छ । सदरमुकाम मार्तडीबाट कोल्टी विरामीका लागि दुई दिनको पैदल दुरीमा पर्दछ ।  कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुती सेवाका लागि पटक पटक माग गर्दा समेत स्थापना हुन सकेको छैन । स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शाहले भन्नुभयो,आफुहरुले आकस्मिक प्रसुती गराउने तालिम  समेत नपाएका कारण कठिन भएको बताए ।
     
मृतकको पाठेघरमा ट्युमर भएको कुरा स्थानीय मेडिकलमा भिडियो एक्सरे गरेर पत्ता लागेको थियो । “सिद्धीको पेटमा भएको बच्चा स्वास्थ्य केन्द्रमा ल्याउनु भन्दा पहिले नै मरी सकेको थियो । आमालाई बचाउन पनि अप्रेशन बाहेको विकल्प थिएन । जो हामीसंग त्यो सेवा उपलव्ध थिएन । ”डाक्टर शाहले भने।
 
मृतक वि.क.लाई आफन्तले नेपालगञ्ज लैजाने तयारी गर्दै थिए,बिहीबार ११ बजेको टिकट थियो । आफन्तले भगवान् पुकारी रहेका थिए । तर विहान जहाज नआउदा सिद्धीको निधन भयो स्थानीय अनिल शाहीले बताए ।
 
बाजुरा जस्ता दुर्गम जिल्लामा यो त प्रतिनिधी घटनामात्र हो । दुर्गमका स्थानीयहरुमा प्रसुती सम्वन्धी सचेतनाको अभाव त देसन्छ नै सरकारले यस्ता सेवाका लागि स्वास्थ्यकर्मी र औजार उपकरण उपलव्ध नगराउदा यहाका आमाले ज्यान गुमाउन  बाध्य बनेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।                                            



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ