arrow

एमाले र राजपाको ‘दुई अतिवाद’ नस्वीकारेको जनमत 

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
sun_cycle.jpg

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन आउनेबेलासम्म मुलुकमा एउटा यस्तो माहोल चुलिएको थियो कि यो देशमा नेकपा एमालेमात्रै एउटा राष्ट्रवादी पार्टी हो । यसले सबै स्थानीय तह जितेको खण्डमा मात्रै मुलुकको समृद्धि र अस्तित्व जोगिन्छ भन्ने भ्रम पनि धेरैमा फैलाईएको थियो । त्यतिबेला एमालेले ३१ नगरपालिका र ३३ गाउँपालिका सहित ६४ कूल स्थानीय तहमा विजय हाँसिल ग¥यो । ४५ नगरपालिका र ७४ गाउँपालिका रहेको ३ नं प्रदेशमा १ सय १९ मध्ये ६४ स्थानमा विजय हाँसिल गरेका एमालेले आफ्नो राष्ट्रवादको नारालाई बुलन्द पार्नतर्फ नै झनै हौसियो । उसले पहिलो चरणमा भएको स्थानीय तहको 

पहिलो चरणमा भएको प्रदेश नं ४ मा रहेको कूल २७ नगरपालिका र ५८ गाउँपालिका सहित ८५ स्थानीय तहमध्ये एमालेले ३४ स्थानीय तहमा विजय हाँसिल गरेको थियो । त्यस्तै पहिलो चरणमा नै भएको ६ नं प्रदेशको स्थानीय तह निर्वाचनमा पनि कूल ७९ मध्ये २७ स्थानीय तहमा एमालेले नै विजय हाँसिल गŸयो । 

पहिलो चरणमा पहिलो पार्टी बनेको एमालेको राष्ट्रवादको नारा दोस्रो चरणको निर्वाचनमा पनि दोहोरियो । यो निर्वाचनमा पनि एक नं प्रदेशको १ सय ३७ स्थानीय तहमध्ये ६९ स्थानीय तहमा विजयी बन्यो, प्रदेश ५ मा १०९ स्थानीय तहमध्ये ४३ र सात नम्बरमा ८८ मध्ये ३९ स्थानीय तहमा एमालेले विजय हाँसिल ग¥यो । त्यसपछि बाँकी रहेको २ न्र प्रदेशमा पनि एमालेको एउटै नाराले काम गरेन र उ अहिले पाँचौ पार्टी बन्नु परेको छ । 

२ नं प्रदेशमा एमाले 
२ न्र प्रदेशमा एमालेको ५ असोजको राती १२ बजेसम्मको स्थिती हेर्दा एक नगरपालिका र ४ गाउँपालिका सहित ५ स्थानीय तहमा विजयी भएको छ भने १४ स्थानीय तहमा अग्रता हाँसिल गरेको छ । एमालेको अन्य स्थानीय तहहरुमा स्थिती चौथो र पाँचौ अवस्थामा रहेकोले यो प्रदेशमा एमालेले बढीमा चुनाव जित्नसक्ने सम्भावना रहेको बढीमा यही १९ स्थानीय तह रहेको विश्लेषण गर्न सकिने अवस्था रहेको छ । 

एमालेको ‘राष्ट्रवादी अतिवाद’ कारक
राष्ट्रवाद एउटा भावना हो । यो नेपाली नाम शब्द आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको विशेष भक्तिभावना भन्ने अर्थ जनाउनको लागि प्रयोग गरिन्छ । यसमा कुनैपनि राजनीतिक पार्टीले आफ्नो एजेण्डा नै राष्ट्रवादी एजेण्डा हो भन्छ भने त्यो पार्टीको या त सिद्धान्तविहीनताको अवस्था हो या त जनता झुक्काउने मेसोबाहेक अरु केही पनि होईन । एमाले आफैंमा पालना गर्न नसकेको भएपनि सिद्धान्त नभएको पार्टी नभएकोले उसले राष्ट्रवादको नाराले जनाता झुक्काउने खेलो मात्रै गरिरहेको पुष्टि हुन्छ । 

एमालेको राष्ट्रवादी अतिवाद त्यतिबेला झल्कन्छ कि उसले जुनबेला मुलुकको आधा जनता बस्ने तराईलाई पराईको व्यवहार ग¥यो । हिमाल पहाड र तराईको भौगोलिक अवस्थितीको रुपमा रहेको मुलुकमा हिमाली र पहाडी भेगको मत जित्नको लागि तराईलाई पाखा लगाउने एमालेको रणनीतिले जित्यो भने हिमाल र पहाडको तराईसँग कित्ताकाट हुनेमा धेरै जनता सचेत रहेको देखियो । एमालेको ‘राष्ट्रवादी अतिवाद’को पहिलो प्रहार नै पहाड र तराईप्रतिको भातृत्व र आत्मीयतामाथि प्रहार गरी तराईका जनताले पहाडीलाई शत्रुताको व्यवहार गर्ने र पहाडीले तराईकालाई शत्रुताको व्यवहार गर्ने अवस्थाको सिर्जना गराउनु थियो ।

मुलुकभित्रको आपसी सद्भाव विथोलेर आफ्नो चुनावी मुद्दा समेट्नको लागि एमालेले देखाएको निकृष्ट व्यवहारले मधेशमा उसको छवि राम्रो बनेको थिएन र सोचेको जस्तै आयो परिणाम पनि । 

बुद्धिमानी मधेशका मतदाता 
तेस्रो चरणको निर्वाचनमा मधेशका जनताले राष्ट्रिय जनता पार्टीलाई पनि पराजीत गराएर अर्काे बुद्धिमानी काम गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपाल पनि तराईको खोल ओढेर तराईमा अर्काे अतिवाद मच्चाउने पार्टी हो भन्न डराउनुपर्ने अवस्था छैन । एमालेले पहाडका जनतालाई खण्डित गर्न खोज्यो राजपाले तराईका जनतालाई । ‘आफ्नै’ भनिएको तराईको भूमिमा राजपा अहिले ७ स्थानीय तहमा विजयी बन्दै १४ स्थानीय तहमा अग्रता हाँसिल गरिरहेको छ । यस्तो अवस्थामा राजपाको अतिवादलाई पनि जनताले दिएको सुझाव बन्न सक्छ यो जनमत । 

मुलुकका दुई अतिवादहरुलाई तेस्रो चरणको निर्वाचनले धेरै पाठ सिकाएको छ भन्न सकिन्छ । यो निर्वाचनले पहाडमा अतिवादको जगजगी मच्चाउने एमाले र तराईमा अतिवादको जगजगी मच्चाउने राजपालाई चौथो र पाँचौंमा थन्काईदिएको छ भने आफूलाई राष्ट्रिय नेताको रुपमा प्रस्तुत गर्न सफल भएको उपेन्द्र यादव नेतृत्वको फोरम नेपाललाई भने एक पटक मौका दिएको मान्न सकिन्छ । तर, यो स्थानीय तहको निर्वाचने आफ्नै जनताको मन जित्न नसकेको मधेशी दल राजपाको र आफ्नै मुलुकका नागरिकलाई विदेशीदेख्ने एमाले दुबैलाई एउटा महत्वपूर्ण पाठ हुनसक्छ । पहाडका जनताले पहाडको एउटा अतिवादलाई राम्रै जनमत दिएर पहिलो बनाईदिएका छन् । तर मधेशले यो पटक यो गल्ती गरेको छैन । कुनै समय केन्द्रीय संसद्मा ५५ सिट जितेको मधेशी दलहरुलाई भन्दा उनीहरुले काँग्रेसलाई विश्वास गरेको देखिएको छ । त्यसैले एमाले र राजपाले पनि अहिलेको जनमतलाई आफ्नो पक्षबाट हेर्नु जरुरी देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ