arrow

मध्यरातमा जनकपुरमा राजपाको छलाङ, काँग्रेसभन्दा ४ हजार मतले अगाडि 

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
janakpurup.png

काठमाडौं ।  धनुषाको जनकपुर उपमहानगरपालिकामा बिहीबार मध्यरातमा राजपाले छलाङ मारेको छ । राती ११ बजेसम्मको मत परिणाम अनुसार राजपा निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार भन्दा झण्डै ४ हजार मतले अगाडि पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

असोज २ गते भएको तेस्रो चरणको निर्वाचनको मतगणना चलिरहँदा जनकपुरमा राजपाले ६ हजार २ सय ६४ मत प्राप्त गर्दा निकट प्रतिद्वन्दी काँग्रेसले २४१० मत प्राप्त गरेको छ । ७ सय ३३ मत प्रप्त गर्दै एमाले तेस्रो स्थानमा छ ।

त्यस्तै, उपप्रमुखमा पनि राजपाले ४ हजार ९ सय ७७ मत प्राप्त गरेको छ। २ हजार १ सय ५१ मत प्रप्त गर्दै काँग्रेस राजपाको पछि छ भने एमालेले ७ सय ६० मत प्राप्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ