arrow

सात लाख भूकम्पपीडितको दसैं टहरामै 

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
Gorkha_barpak_earthquake.jpg.jpeg

काठमाडौं । २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्दराज पोखरलेलले दसैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने भोषणा गरेका थिए ।

बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।

प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । 

लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दसैं टहरामै बित्ने यो तथ्यांकले पुष्टि गरेको छ । 

प्राधिकरणको लाभग्राहीको सूचीमा सात लाख ६५ हजार ६ सय १८ घरधुरी सूचीकृत छन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ