arrow

देवी दूर्गाको दोस्रो रुप ब्रह्मचारिणी, कसरी बस्यो ‘ब्रह्मचारिणी’ नाम ?

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
brahmcharinimata.jpg

काठमाडौं । शैलपुत्रीले जव भगवान शंकरलाई पति रूपमा प्राप्त गर्नको लागि घोर तपस्या गरिन् । यस कठिन तपस्याका कारण देवीको नाम तपश्चारिणी अर्थात्‌ ब्रह्मचारिणीबाट चर्चित हुन थाल्यो । माता दुर्गाको नवशक्तिको दोस्रो रुप हो ब्रह्मचारिणी । यहाँ ब्रह्मको अर्थ अर्थ तपस्या हो । माता दुर्गाको यो स्वरुप स्वरूप भक्त तथा साधकहहरुलाई अनन्त फल दिनेवाला स्वरुप हो । उनको उपासनाले तप, त्याग, वैराग्य, सदाचार तथा संयमको बृद्धि हुने गरेको छ । ब्रह्म को अर्थ तप र चारिणीको अर्थ आचरण गरेर यी देवीको नामबाट नै अर्थ स्पष्ट हुने गरेको छ । देवीको यो रुप पूर्ण ज्योतिर्मय तथा अत्यन्त भव्य रहेको छ । यस देवीको दायाँ हातमा जपको माला तथा बायाँ हातमा कमण्डलु धारण गरिएको छ।  

पूर्वजन्ममा यस देवीले हिमालयको घरमा छोरीको रुपमा जन्म लिएका थिए । त्यहीँ रहँदा नारदको उपदेशलार्इ शिरोपर गर्दै भगवान शंकरलार्इ पति रुपमा प्रप्त गर्नको लागि घोर तपस्याको सुरुवात गरेकी थिर्इन् । यस कठिन तपस्याको कारण उनलार्इ तपश्चारिणी अर्थात्‌ ब्रह्मचारिणी नामद्वारा चिन्न थालिएको हो । एक हजार वर्षसम्म यिनले केवल फल(फूल खाएर बिताएकी थिइन् । उनी सय वर्षसम्म मात्रै जमिनमा बसेर तपस्या गरेकी थिर्इन् । 

केयौं दिनसम्म कठिन उपवास गरेर, खुल्ला आकासमाथि बास बसेर बर्ष, जाडो र गर्मीको कष्ट सहेर तीन हजार वर्षसम्म भगवान शंकरको आराधना गरिरहिन् । त्यतिबेलासम्म त सुख्खा पात खाएर बाँचेकी उनले त्यसपछि त सुख्खा पात पनि खान छोडिदिईन् । त्यसपछि उनी हजारौं वर्षसम्म निर्जल तथा निराहार रहेर तपस्या गर्न थालिन् । पात पनि खान छाडेकाले यिनको नाम अर्पणा रहन गयो । 

कठिन तपस्याका कारण देवीको शरीर एकदम क्षीण हुन पुग्यो। देवता, ऋषि, सिद्धगण, मुनि सबैले ब्रह्मचारिणीको तपस्याका अभूतपूर्व पुण्य भएको बताए । देवताहरुले उनको प्रशंसा गर्दै भने (हे देवी १ आज सम्म कसैले पनि यस्तो प्रकारको कठोर तपस्या गरेका थिएनन् । यो तिमीबाट मात्रै सम्भव थियो । तिम्रो मनोकामना पूर्ण हुनेछ । अर्थात् भगवान शिव तिम्रो पति रुपमा तिम्ले प्राप्त गर्नेछ्यौ । अब तपस्या छोडेर घर जाउ । 

यसरी तपस्याबाट आफ्नो सिद्धिप्राप्ति गरेकोले यिनको नाम पनि ब्रह्मचारिणी रहन गएको हो । दुर्गा पूजाको दोस्रो दिन यिनै देवीको पूजा गरिन्छ । यो कथाको सार पनि यही हो कि जीवनको कठिन समयमा पनि जीवनमा हार खानु हुँदैन भन्ने । यिनै सन्देस दिने देवीलाई 'दधाना करपद्माभ्यामक्षमालाकमण्डलू। देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा॥'  मन्त्रले पुकारिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ