arrow

रौतहटमा सार्वजनिक ८ मध्ये ४ तह काँग्रेसलाई 

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
rautahat-congress.jpg

रौतहट । रौतहटका १६ वटा नगरपालिका तथा २ वटा गाउँपालिकामध्ये ७ वटा नगरपालिका तथा १ वटा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
 
सार्वजनिक मतपरिणाम अनुसार रौतहटको ७ वटा नगरपालिका मध्ये ४ वटा नगरपालिकाम नेपाली काँग्रेसले कब्जा जमाएको छ । 

पहिलो स्थान हासिल गर्दै नेपाली काँग्रेसले चन्द्रपुर नगरपालिकामा रामचन्द्र चौधरी, फतुहा विजयपुर नगरपालिकामा गोपाल प्रसाद यादव, परोहा नगरपालिकामा शेख वकिल तथा गढीमाई नगरपालिकामा श्याम प्रसाद यादवलाई जिताउन सफल भएका हुन् । 

त्यस्तै दोस्रो स्थान हासिल गर्दै नेकपा माओवादी केन्द्रले मौलापुर नगरपालिकामा रिना कुमारी साह (कविता) र यमुनामाई गाउपालिकामा रामगिर मुखिया विनलाई जिताउन सफल भएका हुन् । 

संघिय समाजवादी फोरम नेपालले देवाही गोनाही नगरपालिकामा रौतहटका पार्टी संयोजक धमेन्द्र पटेल तथा नेपाल लोकतान्त्रिक फोरमले ईसनाथ नगरपालिकामा सन्तोष मेहतालाई जिताउन सफल भएको छ । 

अन्य स्थानको भने मतगणना धमाधम भइरहेको र नतिजा छिट्टै सार्वजनिक हुने निर्वाचन कार्यालय गौरले जनाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ