arrow

देउवा–अब्बासी भेट, दुईदेशीय व्यापार र पर्यटन प्रवर्द्धनबारे छलफल

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
deuba_abbasi.jpg

काठमाडौं । प्रधानमन्त्री देउवाको पाकिस्तानी समकक्षी शाहीद खान अब्बासीसँग भेट भएको छ । बिहीबार संयुक्त राष्ट्रसंको १७ औं साधारण सभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री देउवासँगको भेटमा दुईदेशीय प्रधानमन्त्रीबीच दुईदेशीय व्यापार र पर्यटन प्रवद्र्धनको विषयमा समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटका क्रममा दुबैले एक अर्कालाई आफ्नो देशमा भ्रमणको लागि निम्ता दिएका थिए । भेटका क्रममा प्रधानमन्त्री देउवाले नेपाल र पाकिस्तानको सम्बन्ध लामो समयदेखि एकदमै आत्मीय रहेको भन्दै खुशी व्यक्त गरेका थिए । 

दुबै देशका प्रधानमन्त्री भेटपछि दुईदेशीय व्यापार र पर्यटन प्रवद्र्धनमा हातेमालो गरेर अघि बढ्ने विषयमा समझदारी भएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपालमा केही समय अगाडि गएको बाढी तथा पहिरोको घटनाले सिंगो पाकिस्तान दुखी रहेको भन्दै जस्तासुकै प्राकृतिक प्रकोपमा पनि नेपाललाई सक्दो सहयोग गर्न पाकिस्तान तयार रहेको बताएका थिए । 

उनीहरुबीच सार्कसम्म अब हुने सार्क सम्मेलनको विषयमा पनि छलफल भएको छ । प्रधानमन्त्री देउवाले अब हुने सार्क सम्मेलन इस्लामावादमा गर्नको लागि सक्दो पहल गर्ने आश्वासन दिएको पाकिस्तानको जियो टिभीले जनाएको छ । 

संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ३ गते न्यूयोर्क प्रस्थान गरेका देउवाले बिहीबार अब्बासीसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ अर्थात् शनिबार महासभाको बैठकमा भाग लिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी छन् । प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८मा स्वदेश फर्कने कार्यक्रम छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ