arrow

कोरियाबाट फर्किएका युवाले खोले पेप्सीमा ग्लोवल मार्ट, देशभित्रै बेरोजगार ७५ जनालाई दिए रोजगारी

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
globle-mart-pepsicola.jpg

काठमाडौं। रोजगारीका लागि कोरिया गएका युवाले फर्किएर उद्यमी बनेका छन्। उनकै सकृयतामा सिटौला कम्पेक्स पेप्सी टाउनप्लानिङमा ग्लोबल मार्ट, कोरियन रेष्टुरेन्ट र चिल्ड्रेन गेमजोन एकैसाथ संचालनमा ल्याउदै करिब ७५ जनालाई रोजगारी दिदै उदाहरणीय बनेका छन्।

एकैथलोमा मार्ट, रेष्टुरेन्ट तथा चिल्ड्रेन गेमजोन सञ्चालक गरेका हरि प्रसाद सिटौला ९ वर्षसम्म कोरियामा रोजगारी गरी फर्किएका व्यक्ति हुन्। उनको भित्री इच्छा नै नेपाल फर्किएर बेरोजगार युवाहरुलाई नेपालमा नै रोजगारी दिने योजना बुन्ने गर्थे। नेपाल फर्किए पछि  पनि कोरियामा झै मिहिनेत गरेर यहासम्म आएको बताए। उनले नेपालमा पनि मिहिनेत गरे सफल बन्न सकिन्छ भन्नेमा पूर्ण बिश्वास रहेको उनले बताए। 

उद्घाटनका अवसरमा बोल्दै सञ्चालक सिटौलाले मार्टबाट खरिद गरेको खाद्यान्न लगायतमा एक महिनासम्म ५ प्रतिशत छुट तथा रेष्टुरेन्ट र अन्य सबैमा १० प्रतिशत छुटको व्यवस्था गरिएको बताए। प्रत्येक वर्षको मुनाफाबाट २ प्रतिशतसम्म सामाजिक कामका लागि खर्च गर्ने उनले घोषणा समेत उनले गरे। विभिन्न कम्पनीमा गरी १५ करोड रुपैंयाँ लगानी भएको बताए।

ग्लोबल मार्टमा खाद्यान्न, किचेन वयेर, गिफ्ट, कस्मेटिक, बच्चाका खेलौना, जुत्ता, ब्याग तथा लेडिज जेन्सका सम्पूर्ण तयारी पोशाक उपलब्ध रहेका छन्। मार्ट कम्प्लेक्सको तेस्रो तला सम्म रहेको छ भने चौथो तलामा ग्लोबल गेम जोन र पाँचौ तलामा ग्लोबल रेष्टुरेन्ट रहेको छ। चिल्ड्रेन गेम जोनमा फनपार्कमा उपलब्ध हुने गेमहरु रहेका छन्।

वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले मार्टको उद्घाटन गर्दै विदेशमा लामो समय बसेर स्वदेश फर्किए पछि व्यवसाय संचालन गर्दै रोजगारी सृजना गर्ने काम उदाहरणीय भएको बताए। साथै बिदेशमा १५ घण्टा खट्ने नेपालीहरु नेपालमा नै खट्न सके यहाको बिकासको टेवा पुग्ने र रोजगारी समेत बढाउन मदत पुग्ने बताए।

उदघाटन सत्रमा  कलाकार मनोज गजुरेल, कोमल वली, नायक निखिल उप्रेति लगायतले प्रस्तुती गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, काठमाडौ क्षेत्र नं २ का सांसद दीपक प्रसाद कुइकेल, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, सिटौला समाज नेपालका अध्यक्ष जनार्दन सिटौला लगायतको उपस्थिति रहेको थियो।

गत बिहिबार राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा उद्यमी सिटौलालाई बैदेशिक रोजगारबाट फर्किएर आएपछि रोजगार बडाउन उलेख्य काम गरेको भन्दै एक संस्थाले सम्मान समेत गरेको छ।

Image may contain: 9 people



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ