arrow

पर्सामा काँग्रेसले खाता खोल्यो

पर्सागढी नगरपालिकामा विजयी

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
parsagadi.png

पर्सा। पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा लोकनारायण यादवले तीन हजार ९६५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले तीन हजार ८९५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा अर्चाना चौधरीले चार हजार ५५९ मत प्राप्त गरी विजयी भएकी छन् ।  उनका निकटतम प्रतिद्धन्द्वी एमालेकै कालिका चौधरीले तीन हजार ६५० मत प्राप्त गरिन् ।

त्यस्तै सो नगरपालिकाको वडा नं. १, ४, ६ र ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका क्रमशः तुलाराम महतो, समसुदिन देवान, कृष्णलाल अहिर र कृष्णदेव यादव विजयी भए ।

वडा नं. २, ३ र ९ को वडाध्यक्षमा एमालेका क्रमशः बेदमन थारु, उद्धवबहादुर उप्रेती र रामनारायणप्रसाद गौरो विजयी भएका छन् ।  भने वडा नं. ५ र ७ मा संघीय समाजवादी फोरम नेपालका असलम देवान र रामजी साह तेली विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ