arrow

बागलुङ “प्रहरी हाम्रो टोलमा” अभियान सुरु

logo
नारायण रिजाल,
प्रकाशित २०७४ असोज ६ शुक्रबार
Police-syangja.jpg

बागलुङ । शान्ति सुरक्षा र सूशासन, जनमैत्री प्रहरी र प्रशासन भन्ने नारा सहित देशव्यापी रुपमा गृह मन्त्रालयले थालेको “प्रहरी हाम्रो टोलमा” अभियान शुक्रबार देखि बागलुङमा पनि सुरु भएको छ ।


जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बागलुङले संयुक्त रुपमा अभियान सुरु गरेको छ । गृहमन्त्रालयले तयार पारेका गृह प्रशासन सूधार मार्गिचत्र २०७४ अन्र्तगत समुदाय स्तरमा प्रहरी सेवाको पहुँच विस्तार, नागरीक केन्द्रित प्रहरी सेवा, अपराध तथा विकृती न्युनीकरणका लागि नागरीक, प्रहरी र प्रशासनको सहकार्य बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बागलुङका प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले बताए ।

खापुङका अनुसार अभियान अन्र्तगत सामाजिक अपराध, दुब्र्यसनी, दुर्घटना, महिला हिंसा र विकृती विसंगती नियन्त्रणका लागि टोल स्तरमा सरोकारवालाहरुसंग सहकार्य, चेतनामुलक कार्यक्रम, प्रत्येक स्थानीय तहमा वर्षमा २ पटक घुम्ती शिवीर सञ्चालन लगायतका गतिबिधी गर्ने योजना रहेको छ । यो अभियान देशै भरी आजकै मितिमा एकै समयमा सुरु गरिएको छ ।  

अभियान सञ्चालन गर्नका लागि बागलुङमा प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय संयोजन समिति गठन गरिएको छ । अभियान उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले जिल्लाको शान्ति सुरक्षा र अमन चयनका लागि प्रहरी प्रशासन एक्लैले कायम गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग आवश्यक पर्ने भन्दै अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नपर्ने सुझाव दिएका छन ।  

कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रमुख अमर बहादुर थापा, नागरिक समाज बागलुङका अध्यक्ष काजिगाउँले श्रेष्ठ लगायतले अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ