arrow

भत्किएको 'माधव नेपालको किल्ला'मा कुन् दलले कतिवटा गाडे झण्डा ? (सूची सहित)

logo
प्रकाशित २०७४ असोज ७ शनिबार

काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपालको किल्ला मानिएको रौटहटमा एमालेको पत्तासाफ नै भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको शुक्रबारसम्मको अवस्था हेर्दाे धेरै स्थानीय तहमा मत परिणाम आईसकेको छ भने केहीमा आउने क्रम जारी रहेको छ । अहिलेसम्म आईसकेको र अब आउनेवाला रहेको निर्वाचन मतपरिणामलाई विश्लेषण हुने निश्चितप्रायः नै रहेको छ । 

अहिलेसम्म रौतहटमा १० नगरपालिका र एउटा गाउँपालिका सहित ११ स्थानीय तहको निर्वाचन आईसकेको छ । त्यसमध्ये ५ वटा नगरपालिकामा काँग्रेसले, माओवादी केन्द्र एउटा गाउँपालिका र एउटा नगरपालिका सहित २ स्थानीय तहमा, संघीय समाजवादी फोरम २ नगरपालिकामा, राजपा एउटा नगरपालिकामा र लोकतान्त्रिक फोरम एउटा नगरपालिकामा विजयी भएको छ । 

बाँकी रहेका मध्ये चार स्थानीय तहमा माओवादी अगाडि रहेको छ भने एउटा स्थानीय तहमा काँग्रेस अगाडि रहेको छ । बाँकी रहेको दुई स्थानीय तहमा फोरम नेपाल अगाडि रहेको छ । 

यसरी एमालेका वरिष्ठ नेताको गृहजिल्लामा एमालेबाहेकका ५ दलहरुले आफ्नो पकट जनाएका छन् भने कुनैपनि दलले बहुमत ल्याउन सक्ने अवस्था देखिँदैन । जसले एमाले नेता नेपालको राजनीतिक रुपमा केही समस्या हुने विश्लेषण गरिएको छ । यस अघि नै नेपालले भोट आलेको वडामा समेत उनको पार्टी पराजीत भएको छ । 

एमालेबाहेकका दलहरुले विजय हाँसिल गरेका र अग्रता हाँसिल गरेका स्थानीय तहको विवरण यस्तो छ । 

मेयर : रौतहट:-गौर नगरपालिका    अजय कुमार गुप्ता (५,०९३)     राजपा
मेयर : रौतहट:-चन्द्रपुर नगरपालिका    रामचन्द्र चौधरी (६,७६१)     कांग्रेस
मेयर : रौतहट:-गढीमाई नगरपालिका    श्याम यादव (२,५२५)     कांग्रेस
मेयर : रौतहट:-परोहा नगरपालिका    शेख वकिल (६,३३०)     कांग्रेस
मेयर : रौतहट:-मौलापुर नगरपालिका    रिनाकुमारी साह (३,९३३)     माओवादी केन्द्र
मेयर : रौतहट:-राजदेवी नगरपालिका    धिरेन्द्र कुमार सिंह (२,७८०)     कांग्रेस
अध्यक्ष : रौतहट:-यमुनामाई गाउँपालिका    श्रीप्रसाद मुखिया बीन (२,१७९)     माओवादी केन्द्र
मेयर : रौतहट:-बौधीमाई नगरपालिका    राजीव रंजन यादव (२,९७२)     संघीय समाजवादी फोरम
मेयर : रौतहट:-ईशनाथ नगरपालिका    सन्तोस कुमार मेहता (५,७८५)     नेपाल लोकतान्त्रिक फोरम
मेयर : रौतहट:-फतुबाबिजयपुर नगरपालिका    गोपाल राय यादव (३,०९९)     काँग्रेस
मेयर : रौतहट:-देवाही गोनाही नगरपालिका    र्मेन्द्र प्रसाद पटेल (३,२५५)     संघीय समाजवादी फोरम

अग्रता 
गजुरा नगरपालिका         माओवादी
बृन्दावन नगरपालिका        माओवादी
राजपुर नगरपालिका        माओवादी
दूर्गा भगवती गाउँपालिका    माओवादी
गरुढा नगरपालिका        काँग्रेस
माधव नारायण नगरपालिका     फोरम नेपाल
कटहरीया नगरपालिका     फोरम नेपाल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ