arrow

एमाले केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको चुनावी योजना प्रस्तुत

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं। नेकपा (एमाले) को आजदेखि शुरु भएको केन्द्रीय कमिटीको आठौँ  बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह गठन गरिएको छ। सात प्रदेश र मोर्चा संगठनका लागि एक गरी आठ समूह गठन गरिएको हो। सो प्रतिवेदन अध्ययनपछि ती समूहले शनिबारको बैठकमा छलफल हुने पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए।

अध्यक्ष ओलीको प्रतिवेदनमा आफ्नो पार्टीको दबाबकै कारण स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषित मितिमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्ने अडान व्यक्त गरिएको छ। योजनामा आगामी निर्वाचनमा सबै तहमा एमालेलाई पहिलो र बहुमतसहितको शक्ति बनाउन केन्द्रित हुनुपर्ने उल्लेख छ।

सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज बसेको बैठकले निर्वाचनमा आचारसंहिता उल्लंघन तथा सत्ताको दुरुपयोग रोक्न र भय र आशंकाको वातावरण अन्त्य गरी निर्वाचन गराउन ओलीले माग गरे। उनले आफ्नो पार्टीविरुद्ध विभिन्न प्रचार गरिए पनि प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सम्पन्न भएको र परिणाम साह्रै कमजोर नभएको दाबी गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ