arrow

मध्यरातसम्म ७९ तहको नतीजा आयो, पहिलो बन्ने काँग्रेसको ३४ प्रतिशत, अरुको कति ?

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
News_update.JPG

काठमाडौं । शुक्रबार र शनिबारबीचको मध्यरातमा ७९ प्रतिशत मतगणना सम्पन्न भईसकेका छ । स्थानीय तहको तेस्रो चरणमा भएको निर्वाचन अन्तर्गत् २ नं प्रदेशका ८ जिल्लामा गत सोमबार भएको निर्वाचनमा कूल  १ सय ३६ मध्ये ७९ स्थानीय तहको मात्रै मत परिणाम सार्वजनिक भएको हो। 

जस अन्तर्गत् नेपाली काँग्रेस पहिलो बन्ने निश्चित देखिएको छ भने दोस्रो हुने पार्टीको पहिचान भईसकेको छैन । अहिलेको स्थितीमा नेपाली काँग्रेस कूल २७ स्थानीय तहमा विजयी भएको छ । जुन कूल सार्वजनिक भएको ७९ स्थानीय तहको ३४ प्रतिशत हो । 

हाम्राकुरा डटकमको निर्वाचन विशेष डाटा सिस्टमका अनुसार अहिले दोस्रो स्थानमा १४ स्थानीय तहमा विजयी भएको माओवादी केन्द्र रहेको छ । ऊ ११ स्थानीय तहमा अगाडि रहेको छ । माओवादीको यो तथ्यांकलाई प्रतिशतमा लैजाँदा १७ प्रतिशत हुन आउँछ । 

त्यस्तै, तेस्रो स्थानमा रहेको राजपाले १३ स्थानीय तहमा विजय हाँसिल गरेको छ । जुन कूल ७९ स्थानीय तहको १६ प्रतिशत हुन आउँछ । त्यसपछिको संघीय समाजवादी फोरम नेपाल १२ स्थानीय तहमा विजयी भएको छ । यो कूल ७९ को १५ प्रतिशत स्थानीय तह हो । ९ स्थानमा जितेको एमालेको प्रतिशतमा जीत हेर्दा ११ प्रतिशत हुन आउँछ । बाँकी रहेको प्रतिशत बाँकी रहेको ४ सिटमा लोकतान्त्रिक फोरम र नेपाली जनता दल रहेका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ