arrow

मधेशमा माओवादीको जीत : प्रचण्डको 'लभ सूत्र'को सफल प्रयोग !

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
prachanda_madesh.jpg

काठमाडौं । सिराहा क्षेत्र नं ५ बाट बल्लतल्ल विजयी भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश न्र २ लाई राम्रै महत्व दिएका थिए । उनी झण्डै एक साता मधेशको चुनावी प्रचारमा दौडे । कतैबसेर चिया खाए त कसैसँग बसेर समस्याको कथा सुने । 

उनको त्यो एकसाताको मधेश यात्रा यो चुनावमा देखियो । अब प्रदेश सभा र प्रतिनिधिसभाको समयमा एक साता जति बस्लान् । तर, पनि उनको यो पालीको मधेश यात्रा र अहिलेभएको चुनावको सकारात्मक नतीजाले उनलाई मधेशी जनताले साँच्चै 'प्रचण्ड र मधेशी जनताको लव परेको' कुरा सत्य सावित गरिदिएको छ । तीन वर्षअघि सिरहा क्षेत्र ५ बाट उम्मेदवारीको घोषणा गर्दै प्रचण्डले भनेका थिए,– ‘साच्चै भन्नुहुन्छ भने मधेशसँग मेरो ‘लभ’ परेको छ । मेरो यो मायामा कहिल्यै कमि आउने छैन ।’ यही आकर्षक नारा दिएर प्रचण्ड मधेशको चुनावी मैदानमा होमिएका थिए । मधेशले उनलाई त्यतिबेला पनि पत्याएकै हो। प्रचण्डको बाचा कसममाथि विश्वास गर्दै सिरहावासीले उनलाई विजयी बनाएका थिए । संविधानसभाको दोस्रो निर्वाचनमा प्रचण्ड काठमाडौं क्षेत्र नम्बर १० र सिरहा क्षेत्र नम्बर ५ मा उम्मेदबारी दिएका थिए । काठमाडौंबाट प्रचण्डले जीवनको पहिलो पराजय भोग्न विवस भए तर सिरहाबाट विजयी भए ।

अहिले त्यही प्रेमीसँग उनी एक हप्ता लामो मिलनमा थिए । उनले त्यतिबेला मधेशसँगमात्रै होईन उनले मधेशी जनतासँग पनि लव गरेको देखिएको छ । उनले यो निर्वाचनमा सम्मानजनक स्थान पाउनको लागि कहिले मधेशको कच्चिबाटोमा एक्लै हिँडे भने कहिले मधेशका स्थानीयहरुसँग अँकमाल गरेर हिँडे । पूर्व प्रधानमन्त्री बनिसकेका प्रचण्डले देखाएको यो प्रेमकै कारण भन्नुपर्ला शुक्रबार मध्यरातसम्मको तथ्यांकका अनुसार माओवादी ८ नगरपालिका र ६ गाउँपालिका सहित १४ स्थानीय तहमा विजयी भईसकेको छ भने सात नगरपालिका र ४ गाउँपालिका गरी कूल ११ स्थानीय तहमा अग्रता हाँसिल गरेका छन् । 

रौतहट र सिराहामा लभ, बारा र सप्तरीमा पत्तासाफ
मधेशको ८ जिल्लामा पनि माओवादीले रोचक मत ल्याएको छ । माओवादी सप्तरी र बारा जिल्लामा पत्तासाफ भएको छ । माओवादीको यी दुई जिल्ला बाहेकका अरु जिल्लाहरुमा भने राम्रै मत आएको छ । प्रचण्डले चुनाव जितेको सिराहामा रहेको कूल १७ स्थानीय तह रहेको ५ वटामा माओवादी विजयी भएको छ भने एउटा स्थानीय तहमा अग्रता कायम गरेको छ । 

त्यस्तै, धनुषा जिल्लामा माओवादीको उपस्थिती न्यून रहेको देखिएको छ । धनुषामा माओवादी जम्मा एउटामा विजयी भएको छ भने एउटा स्थानीय तहमा अग्रता हाँसिल गरेको छ । उता महोत्तरीमा भने ३ स्थानमा विजयी भएको माओवादी एउटा स्थानीय तहमा अगाडि रहेको छ । जम्मा एउटा स्थानीय तहमा विजयी भएको माओवादी सर्लाहीमा २ वटा तहमा अगाडि रहेको छ । पर्सामा भने माओवादीले २ स्थानमा विजयी र २ वटामा अग्रता हाँसिल गरेको छ । 

प्रचण्डको 'मधेश प्रेम' र 'मधेश वाक'को समिश्रण
मधेशसँग लभ परेको भन्ने प्रचण्डको यही अभिव्यक्तिले पनि धेरै मधेशीको मन जितेको विश्लेषण गर्ने गरिएको छ । निर्वाचनको समयमा मतदाताको मनोवैज्ञानिक पक्षलाई केलाएर अभिव्यक्ति दिने प्रचण्डले दिएको यो अभिव्यक्तिमात्रै नभएर पछिल्लो सात दिनदेखिको मधेश दौडाहामा बसेर आफू मधेशमा पनि घुल्न सक्ने भन्ने सन्देश दिएर पनि धेरैको मन जित्न सफल भएको मानिन्छ । 

पछिल्लो समयमा मधेशको मुद्दामा प्रचण्डले मधेशवादी दलको पक्षमा देखाएको सहानुभूति र स्थानीय तहको सीमाना तयार पार्नेबेलामा पनि आफूले मधेशको पक्षमा गरेका केही कामको विषयमा मधेशमा प्रचण्डले गरेको व्रिफिङले पनि उनलाई मधेशमा मत ल्याउन सफल भएको आकलन पनि गर्न थालिएको छ । जे भएपनि उनको यो प्रेमको नामबाट चुनाव जित्ने सूत्र दोस्रो संविधान सभा र स्थानीय तहको निर्वाचनमा पनि सफल भएको मान्न सकिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ