arrow

काँग्रेसकी कोषाध्यक्षको जिल्लामा काँग्रेस नै कान्छो 

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
siraha1.png

सिरहा । नेपाली काँग्रेसकी कोषाध्यक्षको जिल्लामा काँग्रेसकै विजोग भएको छ । सिरहामा भटाभट अन्य दलले स्थानीय तह जितेपछि काँग्रेसकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवकोसमेत प्रभाव न्यून रहेको स्पष्ट भएको छ । 

कुनै तहमा त काँग्रेस सबैभन्दा पुछारमा अर्थात् कान्छो भएको छ । 

सिरहाको १७ मध्ये १६ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । माओवादी केन्द्र – ४ नगरपालिका सहित ६, नेकपा एमाले – २ नगरपालिकासहित ४,  संघीय समाजवादी फोरम – ४ गाउँपालिका, कांग्रेस – १ नगरपालिका सहित २ स्थानीय तहमा विजयी भएको छ । यसले पनि पुष्टि गर्छ कि काँग्रेस कति कमजोर भएको छ । 

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकामा संघीय समाजवादी फोरमका रामबल्लभ साह ४००४ र उपाध्यक्षमा फोरमकै आशादेवी यादव ३६४६ मतसहित विजयी भएका छन् ।
अध्यक्षका निकटतम प्रतिद्वन्द्वी कांग्रेसबाट अध्यक्षमा चतुरानन्द ठाकुरले ३२४५ र उपाध्यक्षमा अमरकला यादव ३३७१ मत पाए ।

त्यस्तै, सिरहा, लहान नगरपालिका प्रमुखमा नेकपा एमालेका मुनि साह सुडी ११३०७ मतसहित विजयी भएका छन्। उपप्रमुखमा एमालेकै सरियारकुमारी चौधरी १११६८ मतसहित विजयी भएकी छन्।

त्यस्तै सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा (यशु) ६३४९ मतसहित उपप्रमुखमा निर्वाचित भएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ