- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । बाजुराको उत्तरी भेगमा नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली करिडोर सडकको अनुगमन गर्न रक्षा मन्त्री भीमसेनदास प्रधान बाजुराको कोल्टी आइपुग्नु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
कोल्टीमा रहेको नेपाली सेनाले निर्माण गर्दै आएको सडक निर्माण कार्यलाई अध्ययन गर्नका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कोल्टी पुगेको प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले बताए ।
कर्णाली क्षेत्रमा आवतजावत गर्नका लागि सहज गर्न सरकारले सडक निर्माणको जिम्मा कोल्टी स्थित नेपाली सेनालाई दिएको छ । निर्माण दुर्गाबक्स गण अछामको टोलीले सडक निर्र्माण गरिरहेको छ ।
कर्णाली करिडोर निरिक्षणका लागि रक्षामन्त्री प्रधान सहित भौतिक तथा यातायात मन्त्रालयका उच्च पदाधिकारी समेतको सहभागिता रहेको बताइएको छ । मन्त्री प्रधान नेपाली सेनाको हेलिकप्टरमा सुर्खेत,कालिकोट हुदै बाजुरा पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरिक्षक जगदिश भट्टले बताए । सडक अनुगमनपछि मन्त्री प्रधान शनिबारै काठमाण्डौ फर्किने बताइएको छ ।