arrow

प्रचण्डको 'मायाजाल'का कारण माओवादीले पुर्‍यायो स्थानीय तहमा शतक

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
maoist-100-up.png

काठमाडौं। समय र तत्कालीन वातावरण बुझेर सान्दर्भिक भाषण दिन माहिर प्रचण्डकै अभिव्यक्ति र चातुर्यताले स्थानीय तहमा माओवादीले शतक कटाएको छ। माओवादीले शतक कटाएसँगै माओवादीले आफू आफैंमा ठूला दलहरुको रुपमा नेपाली राजनीतिमा दर्ज गराएको छ। यस भन्दा अघि पहिलो भएको दल नेकपा एमाले र नेपाली काँग्रेसले पनि शतक कटाईसकेका छन्।

सात प्रदेशमध्ये पहिलो र दोस्रो चरणमा भएको ६ प्रदेशको निर्वाचनमा शतक पूरा गर्न नसककेको माओवादीको लागि शतक पूरा गर्नको लागि एउटा आशा थियो २ नं प्रदेश। २ नं प्रदेशका १ सय ३६ स्थानीय तहमा माओवादीलाई पहिलो र दोस्रो चरणमा जस्तो जनमत आएको थियो भने सम्भवतः माओवादीको स्थानीय तहमा १०० स्थानीय तहमा विजयी हुने लक्ष्य अधुरो हुनेमा कुनै दुईमत छैन । तर, प्रचण्डले जे होस् एक पटक फेरि पनि मधेशी जनताको मन जितेर आफ्नो चुनावी रणनीति पूरा गरेका छन्।

अहिले प्रचण्डको एउटा अभिव्यक्ति मधेशसँग उनलाई जोडेर कुरा गर्दा सबैले भन्ने प्रचण्डको मधेश प्रेम अझैसम्म पनि चलिरहेको देखिएको छ। प्रचण्डले मधेशलाई कति प्रेम गर्छन् त्यो विस्तारै समयले बताउँदै जाला तर प्रचण्डको मायाजालमा फसेर मधेशी जनताले उनको पार्टीलाई एकपटकको लागि राम्रै विश्वास गरेको देखिएको छ। झण्डै वर्षअघि सिरहा क्षेत्र ५ बाट उम्मेदवारीको घोषणा गर्दै प्रचण्डले भनेका थिए,– ‘साच्चै भन्नुहुन्छ भने मधेशसँग मेरो ‘लभ’ परेको छ। मेरो यो मायामा कहिल्यै कमि आउने छैन।’ उनको मेरो यो मायामा कहिल्यै कमि आउने छैन भन्ने अभिव्यक्तिलाई मधेशले यसपटक सावित गराईदिएको छ। 

कस्तो थियो अघिल्ला स्थानीय तहको अवस्था ?
गत बैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत् प्रदेश नं ३, ४ र ६ नम्बर प्रदेशका ३४ वटा जिल्ला भित्र ४ वटा महानगरपालिका, एउटा उपमहानगरपालिका, ९२ वटा नगरपालिका र १८६ वटा गाउँपालिकामा जनप्रतिनिधि चयनका लागि मतदान गरिएको थियो। त्यसमा माओवादीले एक महानगर सहित १० नगरपालिका र ३६ गाउँपालिका गरी कूल ४७ स्थानीय तहमा विजय हाँसिल गरेको थियो। कूल २ सय ८३ मध्ये माओवादीले ल्याएको मत १६ प्रतिशत मात्रै थियो।

त्यस्तै, दोस्रो चरणको निर्वाचनमा कूल १० नगरपालिका र २८ गाउँपालिका सहित ३८ स्थानीय तहमा माओवादीले विजय हाँसिल गरेको छ। जवकी दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका झण्डै ६४ लाख मतदाताको प्रतिनिधिका लागि मतदान गरिएको थियो। त्यतिगर्दा माओवादीले कूल ६ सय १७ स्थानीय तह मध्ये ८५ वटामा मात्रै निर्वाचनमा विजय हाँसिल गरेको थियो जुन कूल ६१७ को झण्डै १४ प्रतिशत हो।  

यही तेस्रो चरणको एकमात्र आस बोकेर पार्टीको १०० सिट पुग्नेगरी अध्यक्ष प्रचण्ड झण्डै दुई साता लामो मधेश बसाईको लागि २ न‌ं प्रदेशमा गएका थिए। उनले त्यतिबेला मधेशसँगमात्रै होईन उनले मधेशी जनतासँग पनि प्रेम गरे र मधेशी जनतालार्इ मायाजालले सम्मानजनक मत प्राप्त गरे। उनले यो निर्वाचनमा सम्मानजनक स्थान पाउनको लागि कहिले मधेशको कच्चि बाटोमा एक्लै हिँडे भने कहिले मधेशका स्थानीयहरुसँग अँकमाल गरेर हिँडे। पूर्व प्रधानमन्त्री बनिसकेका प्रचण्डले देखाएको यो प्रेमकै कारण भन्नुपर्ला शुक्रबार मध्यरातसम्मको तथ्यांकका अनुसार माओवादी ११ नगरपालिका र ८ गाउँपालिका सहित १९ स्थानीय तहमा विजयी भईसकेको छ भने ३ नगरपालिका र ३ गाउँपालिका गरी कूल ६ स्थानीय तहमा अगाडि छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ