arrow

भीरकोटमा तरुणकप प्रतियोगिता हुने

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ असोज ७ शनिबार
tarun_photo.jpg

स्याङ्जा ।  नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुणदलले स्याङ्जाको भीरकोटमा तरुणकप प्रतियोगिता आयोजना गर्ने भएको छ । तरुणदल भीरकोट नगर समितिको आयोजनामा असोज २५ गतेदेखि २८ गते सम्म तरुणकप प्रतियोगिता हुने भएको हो । भीरकोट तरुणदल नगर समितिको नियमित बैठक अनुसार शनिवार बसेको बैठकले भीरकोट नगरपालिका भित्रका वडस्तरीय खेलाडीहरु सहभागी हुने गरी भलिवल प्रतियोगिता आयोजन ागर्न लागिएको नगर अध्यक्ष राजकुमार गुरुङ्ले बताए । दशै र तिहारको सन्दर्भ पारेर आयोजना हुन लागेको तरुणकप प्रतियोगिताले भीरकोट तरुणदलको एकताको सन्देस फैलाउने उदेशय रहेको गुरुङ्ले बताए ।

९ वडा रहेको भीरकोट नगरपालिकामा हरेक वडाबाट ३ टिम खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ । खेलकुदको माध्यमबाट तरुणदललाई भीरकोटमा मजबुद बनाउन चाहान्छौं तरुणदल नगर अध्यक्ष गुरुङ्ले भने,“नगर भित्रका तरुणहरु विच एकता, मित्रवद्ध व्यवहार यो प्रतियोगिताले गर्ने छ ।” तरुणदललाई सामाजिकरुपमा मात्रै प्रयोग गर्ने मात्रै होइन तरुणहरुलाई खेलकुदको माध्यमबाट पनि अगाडी बढाउनु पर्छ भन्ने सन्देश यो तरुणकप प्रतियोगिताले दिने छ उनले भने ।

तरुणकप प्रतियोगितालाई मर्यादित र सहजरुपले सम्पन्न गर्न कार्यविभाजन समेत गरिएको छ । बैठकले प्रतियोगिताको प्रचारप्रसारका लागि प्रविनबिक्रम खाँणलाई संयोजक तोकेको छ भने आर्थिक संयोजकमा नगर अधयक्ष राजकुमार गुरुङ्, खेल संयोजक रामबहादुर गुरुङ र संस्कृति संयोजकमा सुस्मिता गुरुङ्लाई तोकेको छ । संघ र प्रदेशको निर्वाचन आउन केही महिना बाँकी रहदा तरुणदलले तरुणकप प्रतियोगिता मार्फत पनि काँग्रेसलाई निर्वाचनमा चुनाव जित्न महत्वपूर्ण भुमिका खेल्ने आकल गरिएको छ । राष्ट्रिय स्तरको नेताबाट समापन गर्न खोजीएको तरुणकप प्रतियोगिताको समापन २८ गते दशै र तिहारको पनि शुभकामना आदनप्रदान समेत आयोजना गरिएको गुरुङ्ले बताए ।

प्रतियोगितामा विजयी हुने टिमलाई नगद, कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ । प्रथम हुने टिमलाई २५ हजार नगद, तरुणकप, मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमलाई १५ हजार नगद सहित कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । यो कपलाई हरेक बर्ष निरन्तरता दिने भीरकोट तरुणदलले जनाएको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ